किराती खानपान परीकारहरुलाई स्थापित गरौ **** हामी किरातीहरुले किरात सभ्यतासंग सम्बन्धित किराती खानपान/खानेकुरा/परीकार तथा पेय पदार्थहरुलाई कहिल्यै पनि व्यवसायीक रुपमा स्थापित गरेर बिक्री वितरण र व्यवसायीकरण गरेनौ।यो संसारमा रहेका विभिन्न सभ्यताको मानिसहरुको पहिचान भनेको खानपान प्रणाली पनि एक हो। संसारमा Food Tourism बाट खाना खान आऊने पर्यटकबाट
France/UK/Spain/Italy/Thailand/Korea/Indonesia/India/Malasia/China/Japan लगायतको कतिपय राष्ट्रहरुले Food Tourism लाई आयश्रोत बनाएर अरबौ/खरबौ कमाऊदछन।अहिले यी पश्चीमेली राष्ट्रको मानिसहरु युरोपीयन/अमेरीकन गोराहरुको खानपानमा एसीयाको Chinese/Thai/Korean/Japanese/Indian Foods खानपानहरुले एकाधिकार जमाईसकेको छ।यी युरोपियन/अमेरीकन गोराहरु
Chinese/Thai/Korean/Indian खाना मात्र खोजी खोजी खाने भईसकेका छन।भने संसारभर Chinese/Thai/Korean/Indian देशहरुको खानपान खानेकुरा बेचेरै मानिसहरु धनी भईरहेका छन। हामीले नेपालको यस्ता मौलिक खानपान परीकारहरुलाई कहिल्यै व्यवसायीक रुपमा बिक्री वितरण गर्ने,संसारभर स्थापित गराऊने प्रयास गरेनौ।हामी नेपालीहरु हाम्रो प्राचीन सभ्यताको खानपान प्रणाली छाडेर उल्टो विदेशी खानाहरु
?(Pizza/Berger/KFC/Coke)खान तिर लालायित भईरहेका छौ।नेपालमा पनि मुख्यतःथकाली खाना र नेवारी खाना प्रचलित छ र ठुला ठुला रेष्टुरेण्ट र तारे होटेलहरुमा स्थापीत भईसकेको छ।तर नेपालको सबैभन्दा प्राचीन किरात सभ्यताका किराती पुर्खाहरुले हजारौ वर्ष लगाएर
ढुङ्गेयुग/जंगली/शिकारी युग/कृषी युग पार गर्दै प्रकृतिमा रहेका विभिन्न वनस्पतीहरु/सागसब्जी/तरुण/कन्दमुल/अन्नबाली लगायतको खानपानको ज्ञान चेतनाको विकास हुदै के खानु हुने?के खानु नहुने?कुन खानेकुरा के कसरी खादा पकाऊदा मिठो?भनेर ज्ञानहरु सिक्दै विभिन्न किराती खानपान/पेयपदार्थहरुको विकास गर्दै आए।तर हामीले किराती पुर्खाहरुले हजारौ वर्षदेखी बिकास गरेका ती (खानपान प्रणाली)लाई कहिल्यै पनि आधुनिक समाजमा व्यवसायीकरण गरेर बिक्री वितरण गर्न जानेनौ,चाईनिज/थाईलैण्ड/कोरीयन जापानीज/ईण्डियनहरुले जस्तो नेपालको प्राचिन सभ्यताको खानाहरु/परीकारहरु लाई संसारभर बिक्रि वितरण गरेर स्थापित (किराती खाना)को पहिचान बनाऊन सकेनौ।नेपालमा (थकाली खाना) सेट र नेवारी खाना प्रचलित र ठुला रेष्टुरेण्ट/होटेलहरुमा मुख्य परीकारको रुपमा स्थापित भईसकेको छ तर नेपालकै प्राचीन सभ्यता ईतिहास बोकेको किराती खानपान परीकारहरुलाई (किराती खाना सेट) नाम दिएर नेपालको व्यवसायीक रुपमा ठुला होटेल रेष्टुरेण्ट तिर स्थापीत गराऊन सकिएको छैन,कतिपय किराती समाजमा प्रचलित खानपान प्रणाली समाप्त हुदैछ,यो हामी किरातीहरुकै कमजोरी हो। हामी किरातीहरुले पनि (थकाली खाना सेट) र नेवारी खाना जस्तै किरातीहरुको प्राचिनकाल देखीको मौलिक खानपान लाई (किराती खाना सेट) बनाएर व्यवसायीकरण गरेर ठुला ठुला होटेल रेष्टुरेण्टतिर बिक्री वितरण गरेर (किराती खाना सेट)लाई स्थापित गर्न सकिन्छ।जस्तै :-(किराती खाना सेट)Main Meal
*१) भात/मकैको च्याख्लाको भात/ढिँडो२)सुङ्गुरको मासु र झ्याऊ(रक्ती संग मिक्स)
३) वाचिपा (कुखुरा खुट्टापखेटा/भुत्ला चामलसंग पकाईएको)
४) किनामा५) अंरीङ्गाल/बारुला (भुटेको)
६) असला माछा (भुटेको)
७) मन पाहाको सुप/तरकारी
८)कुखुराको मासु र मानेको डाक्ला(मिक्स तरकारी)
९)दाल (गहत/कालो दाल/मुसुरी/मसेम ईत्यादि)
१०)साग (रायो/तोरी/सिस्नो/बेथुको साग/लट्टे ईत्यादि)११)आलु र बोडि (मिक्स तरकारी)
१२)सजिवनको तरकारी
१३)घिरौला/ईसकुस तरकारी
१४)सिबीको तरकारी
१५) तिते करेला
१६)सिन्की अचार
१७)सिद्राको अचार
१८)ताँबाको अचार
१९)बेलचण्डाको अचार
२०)मुलाको अचार
२१) टिबुरको अचार
२२)दहि/महि/घिऊ
२३) अकबरे खोर्सानी
२४) कोदोको खोले (भात मिक्स गरीएको )२५)फापर/मकै/कोदोको गिलो रोटि
२६) केराको गोँभाको अचार
२७)मसेऊराको झोल (मासको दाँल र पिडालुको मिक्स)
२८)सिलामको अचार
त्यस्तै गरेर (किराती खाजा सेट) यसरी किराती परीकारहरु बनाऊन सकिन्छ।
१) वाचिपा
२) चाम्रे भात
३) सुङ्गुरको मासु (रक्ती संग भुटेको)४) सेकुवा
५) मकै-भटमास भुटेको
६)आराखा/हेङ्मावा (३ पाने रक्सी)
७) वासिम/उम्माक(जाँण)
८) तोङ्बा
९)थोकुन्दे (सुङ्गुरको आन्द्रामा चामल/रक्ती/मसला मिक्स)१०)सेल रोटि
११)टिबुरको अचार
१२)सुङ्गुरको खुट्टाको सुप (खोर्सानी संग पकाईएको )१३)वन तरुल
१४)सिमल तरुल
१५)गिठ्ठा१६)टोटोलाको फुल
१७)सुठुनी
- यसरी हामी किरातीहरुले ठुला ठुला होटेल रेष्टुरेण्टहरुमा पुर्खाहरुले खादै ल्याएको खानपानहरुलाई यो आधुनिक समाजमा व्यवसायीक रुपमा (किराती खाना
सेट)/(किराती खाजा सेट)बनाएर बिक्री वितरण गरेर संसारभरी स्थापित गर्न सकियो भने हाम्रो सभ्यताको खानपान प्रणालीको पहिचान/अस्तित्व बाचीरहनेछ।हाम्रो पुर्खाहरुले हजारौ वर्षदेखी खादै ल्याएको खानपान/जीवनशैलीको
अस्तित्व बाचीरहनेछ।यसरी किराती खानपान प्रणाली लाई व्यवसायीकरण/बिक्री वितरण गरेर संसारभर स्थापित गराऊन सकियो भने हामीले संसारभरबाट Food Tourism बढाऊन,Food Tourists पर्यटकहरु भित्राएर प्रशस्त आय आर्जन गरेर आर्थिक उन्नती किरातीहरुले मात्र होईन समग्र नेपालीहरुले जीवनस्तर उकास्न सकिनेछ।यस्ता हाम्रो सभ्यताको हजारौ वर्ष अगाडि देखीको पुर्खाहरुले अपनाएको
(खानपान प्रणाली)लाई विश्व व्यापीरुपमा संसारभर स्थापित गराऊन सकिए किराती सभ्यताको अस्तित्व मात्र होईन समग्र नेपालीहरुको खानपान प्रणालीको पहिचान बन्नेछ।अत:-नेपालमा होटेल रेष्टुरेण्ट खोलेर बसेकाहरुले किराती सभ्यताको/समाजको यस्ता प्राचीन (खानपान प्रणाली) खानाको परीकार हरुलाई व्यवसायीकरण गरौ,(किराती खाना सेट)/(किराती खाजा सेट) बनाएर संसारभर बिक्री वितरण गरौ ****