Kirat mundhum किराँत मुन्दुम

Kirat mundhum किराँत मुन्दुम



Kirat mundhum किराँत मुन्दुम

Kirat mundhum किराँत मुन्दुम
Kirat mundhum किराँत मुन्दुम

**** किरातीहरुको मुन्दुमी दर्शन/मुन्दुमी Philosophy/मुन्दुमी दार्शनिक चिन्तन अनुसार यो सृष्टिको उत्पत्तीको आधार प्रकृती र पितृ(महिला र पुरुष)बिचको संगमबाट भएको मानिन्छ।यो सृष्टिको उत्पत्ती,यो जीवन र जगतको सृष्टिकर्ता कुनै काल्पनिक ईश्वर/अज्ञात ईश्वरीय शक्ति/दैविक/शक्तीबाट नभई सिर्फ प्रकृती प्राकृतिक नियमबाट भएको हो भनेर मान्यता राख्ने किरातीहरुको मुन्दुमी दर्शन/Philosophy वास्तवमै दार्शनिक अनी विज्ञानसंगत छन।किरातीहरुको मौलिक संस्कृति प्रकृती पुज्ने(Ancestors पित्री-माङ पुज्ने/Spiritualअदृश्य मुन्दुमी शक्ती/(Shamanism=नछुङवाद/माङ्पावाद)दर्शन/Animism=प्रकृतीमा रहेको हरेक प्राकृतिक वस्तुहरुमा आत्मा रहन्छन भन्ने मान्यतामा आधारीत मुन्दुमी Philosophy रहेको छ।किरातीहरुको मुन्दुमी दर्शन/मुन्दुमी Philosophyअनुसार मानिसको भौतिक शरीरको मृत्यु भएर गएपनि आत्मा कहिल्यै मर्दैन भन्ने मान्यता राख्दछ।मुन्दुमी दर्शन/मुन्दुमी Philosophy अनुसार उमेर नपुगी अकालमै(चोटपटक लागेर/लडेर/आत्महत्या गरेर/अप्राकृतिक ढंगले मृत्यु भएका मानिसको आत्माले मृत्यु पश्चात पुगीने किरातीहरुको पवित्र स्थल (पारुखिम-साम्खामा) चुलामा बाँस पाऊदैनन र त्यस्ता अकालमा/अप्राकृतिक ढंगले मरेका मानिसको आत्माहरु कोहि हिमालमा गएर




बस्दछन,कोहि फुलमा गएर बस्दछन त कोहि(सेहेँ)भड्किएको आत्मा/भुत-पिसाच हुन्छन भन्ने जनविश्वास छन।त्यसैले उमेर पुगेर या कालगतीले प्राकृतिक ढंगले मरेका मानिसको आत्माले मात्र मृत्यु पश्चात पुगीने किरातीहरुको पवित्र स्थल (पारुखिम-साम्खा)चुलामा बाँस पाऊदछन।यदि मानिसको उमेर पुगेर कालगतीले/प्राकृतिक ढंगले मृत्यु भएको छ भने मरेको मानिसको आत्मालाई नछुङ/माङ्पाहरुले पवित्र स्थल (पारुखिम-साम्खा)चुलामा मुन्दुमी विधिबाट बास बसाऊदछन भने उमेर नपुगी अकालमा/अप्राकृतिक ढंगले मरेका मानिसहरुको सेहेँ/भड्किएका आत्मालाई नछुङ/माङ्पाहरुले मुन्दुम गाँऊदै फकाऊदै बाटो लगाऊने/हिमाल तिर पठाऊने फुलमा गएर बास बसाऊने काम गर्दछन।यस्तो अवस्थामा नछुङ/माङ्पाहरुले मुन्दुमी शक्तीले समाधी=(State of Meditative Consciousness)मुन्दुमी संसारमा पुगी मृतक मानिसको आत्मासंग Spiritual Contact गर्दछन

र मृतक मानिसको आत्मासंग Spiritual कुरा-कानी गर्ने/बोल्ने गर्दछन।यस्तो बेलामा नछुङ माङ्पाहरु मुन्दुम गाऊदै गर्दा मृतक मानिसको आत्मासंग बोल्दै गर्दा तरतरी आँशु बगाऊदै/भक्कानीएर रुने गर्दछन।यो सृष्टिको उत्पत्तिको आधार प्रकृती नै हो,यो मानिसको जीवन प्राकृतिक ढंगबाट सुरुवात हुनेगर्दछ मानिस प्रकृतीमा नै जन्मन्छ,प्रकृतीमा नै बाच्दछन र प्रकृतीमा नै विलिन भएर जान्छ त्यसैले मुन्दुमी दर्शन-मुन्दुमी Philosophy अनुसार मानिसको मृत्यु पनि प्राकृतिक ढंगले नै हुनुपर्दछ र मात्र पवित्र स्थल (पारुखिम-साम्खामा) पुग्न पाईन्छ भन्ने मान्यता रहेको छ।यो संसारकै प्रसिद्ध

अमेरीकीPsychiatrist=मनोचिकित्सक/hypnotherapist/लेखक Dr Brian Weiss जस्ता दार्शनीक लेखकहरुले समेत मुन्दुमी दर्शन/मुन्दुमी Philosophy लाई पछ्याएर/स्वीकार गरेर भौतिक रुपमा मानिसको मृत्यु भएर गएपनि आत्मा कहिल्यै मर्दैन,मानिसको आत्मा कहि न कहि रहिरहनेछ,कहि गएर बास बस्दछन भनेर युरोप-अमेरीका विश्व-विख्यात रुपमा मृत्यु बारे मुन्दुमी दर्शन लाई नै आफनो रीसर्च पश्चात व्याख्या अघि सारीरहेको पाईन्छ।

Dr Brian Weiss ले मानिसको मृत्यु पश्चात आत्मा कहाँ जान्छ?के हुन्छ? आत्माको पुनर्जन्म हुन्छ हुदैन?जस्ता विषयहरुमा Research गरेपश्चात मानिसको मृत्युबारे मुन्दुमी दर्शनले जे मान्यता राख्दछ सोहि कुरालाई नै अंगालेका छन।अत:-किरातीहरुको मुन्दुमी दर्शन/मुन्दुमी Philosophy हरु आजको आधुनिक युगमा पनि विज्ञानसंगत छन/दार्शनिक छन ****
(भिडियो=आत्मासंग Spiritual Contact पश्चात रुदै माङ्पा)मुलघरे कान्छा

Kirat mundhum किराँत मुन्दुम

Kirat mundhum किराँत मुन्दुम

Kirat mundhum किराँत मुन्दुम

Kirat mundhum किराँत मुन्दुम

Vivo V20 Pro Full Specification and Price in India

 



Leave a Comment

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.