विश्वामा सफल ब्याक्ती हुनका कारणहरु

विश्वामा सफल ब्याक्ती हुनका कारणहरु



विश्वामा सफल ब्याक्ती हुनका कारणहरु
विश्वामा सफल ब्याक्ती हुनका कारणहरु

विश्वामा सफल ब्याक्ती हुनका कारणहरु

 

**** यो संसारको सबैभन्दा सफल मानिसहरुले ऊनीहरु आफु सफलताको शिखरमा पुग्नुको रहस्य मध्ये एक आफनो नियमित पुस्तकहरु (Books) पढ्ने बानी रहेको बताऊने गर्दछन।त्यसरी नियमित रुपमा Books पुस्तकहरु पढ्ने मानिसहरु संसारमा भएका अरु मानिसहरु भन्दा धेरै विषयमा हरेक क्षेत्रमा जानकार ज्ञानको भण्डार भएका विद्वान/ज्ञानी knowledgeable हरेक क्षेत्रमा Updated/Informed हुनेगर्दछन।एउटा ज्ञानवर्दक या एक जीवन उपयोगीमुलक महत्वपुर्ण पुस्तक(Book) लेख्नको लागी लेखकले वर्षौ वर्षसम्म अध्ययन खोज-अनुसन्धान र अमुल्य जीवनको अनुभवबाट प्राप्त ज्ञानहरु आवश्यक पर्दछ।तर उक्त लेखकले वर्षौसम्म अध्ययन खोज-अनुसन्धान र पुरै जीवनको अमुल्य समय बिताएको अनुभवबाट प्राप्त ज्ञानहरु पुस्तक पढ्ने मानिसहरु Readers(पाठकहरु)ले केहि मिनेट/केहि घण्टा या केहि दिनमा नै ज्ञान हासिल गर्न सक्दछन।त्यस्ता जीवन उपयोगीमुलक पुस्तकहरु प्रत्येक महिना एक एक गरेर पढियो भने पनि हामीले जीवनमा धेरै ज्ञानहरु हासिल गर्न सकिन्छ।




१) यो संसारकै सबैभन्दा सफल तथा उधमी Space X/Tesla Company/OAI को मालिक Elon Musk जसले कुनै युनिभर्सिटमा नसिकी स्व-अध्ययन बाट नै पुस्तक पढेर NASA को भन्दा अझ गुणस्तर बलियो र कम खर्चमा रकेट निर्माण गरेका थिए।ऊनले 2024 सम्ममा मंगल ग्रहमा मानव पठाऊने र 2050 मा मंगल ग्रहमा मानव बस्ती बसाऊने अभियानमा जुटिरहेका छन।Elon Musk ले एउटा अन्तवार्तामा आफुले स्व अध्ययन बाट पुस्तक पढेरै Rocket बनाऊन सिकेको बताएका छन।उनले व्यापारमा सफलता प्राप्त गर्नुको रहस्य ,मंगल ग्रहमा मानव बस्ती बसाऊने कल्पनाको रहस्य सबै आफनो पुस्तक पढ्ने बानीको कारण भएको बताएका छन।

२)त्यस्तै कुनै समयको संसारको सबैभन्दा धनी/सफल तथा Microsoft Sofware को मालिक Bill Gates ले पनि आफु सफलताको शिखरमा पुग्नुको रहस्य मध्य एक पुस्तक पढ्ने बानी रहेको बताएका छन।Bill Gates ले प्रत्येक एक वर्षमा ५० वटा पुस्तकहरु पढिसक्ने बानी रहेको बताएका छन।

३) यो संसारमा युवा अवस्थामा नै सबैभन्दा सफल मानिसहरु मध्य एक Facebook को मालिक Mark Zuckerberg ले पनि प्रत्येक २ हप्तामा एउटा पुस्तक(Books) पढ्ने रहस्य बताएका छन।

४) त्यस्तै अर्का सबैभन्दा सफल मध्य एक उधमी/व्यवसायी Berkshire Hathaway को मालिक Warren Buffet ले पनि दिनमा ५-६ घण्टा ५ वटा पत्रिकाहरु पढ्ने,विभिन्न विषयमा जानकारी लिने बानी रहेको बताएका छन,त्यस्तै उनले दैनिक पढ्ने बानी नै सफलताको रहस्य मध्य एक बताएका छन।

५) वर्तमान समयमा संसारको सबैभन्दा धनी तथा Amazon Company को मालिक Jeff Bezos पनि आफनो सफलताको रहस्य मध्ये एक पुस्तक पढ्ने बानी रहेको र पुस्तकहरु पढेरै उनले धेरै व्यवसायीक ज्ञान हासिल गरेको,जीवनमा नेतृत्वपनको व्यक्तित्व विकास गरेको,एक सफल व्यवसायी बन्न सफल भएको बताएका छन।यसरी संसारको अन्य अंधिकाश सफल/लोकप्रिय तथा विद्वान महान मानिसहरुले आफनो सफलताको शुत्र/आफनो ज्ञानको भण्डार मध्ये एक पुस्तक(Books) पढ्ने बानी नै रहस्य रहेको बताएका छन।

  • पुस्तकहरु पढ्ने बानीकै कारण मानिसलाई कुनै पनि कुरामा गहिरो रुपमा एकाग्री हुने/ध्यान दिने/Focus/Concentrate हुने बानीको विकास हुनेगर्दछ।त्यस्तै पुस्तक पढ्ने मानिसहरु आज यति हरफ यती पेज पढिसकेर मात्र छाड्छु भन्ने उदेश्य लिने गर्दछन र कालान्तरमा पुस्तक पढ्नेहरु जीवनमा कुनै कुरा उदेश्य लिने बानीको विकास हुनेगर्दछ। यसरी पुस्तक पढ्ने बानी भएका मानिसहरु Self Discipline को विकास हुनेगर्दछ साथै पुस्तक पढ्ने बानी भएका मानिसहरु छोरै फुर्सदको समयमा पनि पढ्न सुरु गरीहाल्छन,यसले समयको सहि सदुपयोग गर्ने बानीको विकास हुनेगर्दछ। यो संसारमा पुस्तक पढ्ने बानी लागेका मानिसहरुमा अथाहा ज्ञानको श्रोत हुनेगर्दछ।कुनै एक विद्वान तथा महान लेखकले वर्षौसम्म अध्ययन खोज अनुसन्धान गरेर,जीवनभर अमुल्य समय बिताएको अनुभवबाट प्राप्त ज्ञान पुस्तक पढ्ने पाठकहरुले केहि मिनेट केहि घण्टा र दिनमा नै ज्ञान हासिल गर्न सक्दछन।त्यसरी अरुले वर्षौसम्म खोज अनुसन्धान गरेको ज्ञान केहि मिनेट घण्टा या दिनमा नै ज्ञान हासिल गर्दै जाने हो भने पुस्तक पढ्ने मानिसहरु संग अन्य मानिसमा भन्दा अथाहा ज्ञानको श्रोत हुनेगर्दछ।यदि हामीले प्रत्येक दिन १ घण्टा पुस्तक पढ़ने बानीको विकास गर्यौ भने,प्रत्येक हप्ता ७ घण्टा र महिनामा ३० घण्टा वर्षमा ३६० घण्टा पढ्ने बानीको विकास हुनेगर्दछ।यसरी हामीले जीवनमा पुस्तकहरु पढ्दै जाने हो भने प्रत्येक केहि वर्षमा नै एक पछि अर्को PHD गरे सो सरहको हामीमा विज्ञता/ज्ञान हासिल हुनेगर्दछ।अत:-सबैले यो संसारको सबैभन्दा ज्ञानवर्दक/महत्वपुर्ण जीवनउपयोगी मुलक काम लाग्ने Books/पुस्तकहरु खोजी खोजी पढ्ने बानिको विकास गरौ ****

मुलघरे कान्छा



Leave a Comment

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.