किरात राई बान्तावा बिबाह संस्कार

किरात राई बान्तावा बिबाह संस्कार



  1. किरात राई बान्तावा बिबाह संस्कार किरात राई बान्तावा बिबाह संस्कार    बान्तावा राई भाषामा विवाहलाई सायाकाम्मु र संस्कारलाई रिदुम भनिन्छ। साया भन्नाले शिर,प्रतिष्ठा,इज्जत,जीवन र काम्मु भन्नाले जोडिनु,गासिनु भन्ने बुझिन्छ अर्थात दुई पक्ष बिचको साईनो सम्बन्ध जोडिनु भन्ने बुझिन्छ। बान्तावा राईहरुमा पनि विवाह संस्कारले नयाँ परिवार,पारिवारिक दायित्व,भुमिका र अधिकारहरुको सिर्जना गर्दछ।
  2. विवाहले व्यक्तिगत भुमिकाबाट पारिवारिक वा सामाजिक भुमिकातिर अग्रसर गराउछ।सन्तान जन्माएर मात्र हुदैन,कर्म पनि दिनु पर्छ।कर्म दिनु भन्नाले विवाह गराईदिनु भन्ने बुझाउछ। अविभावाकले”सन्तानको बिहे गरिदिन सकेनन भने ठूलो भारा लाग्छ भन्ने विश्वास रहेको छ।” भारा लाग्नु भनेको अविभावकमा सधै कर्तव्य बोझ रहिरहनु भन्ने हो। त्यसैले सकेसम्म पापाआमाले समयमा नै सन्तानको बिहे गरिदिने कोसिस गर्दछ्न। परिवार,समाज साथै सिर्जनाको महत्वपुर्ण श्रोतको रुपमा रहेको विवाह संस्कारमा सुप्तुलुङको अझ बढी महत्त्व रहेको छ। यश संस्कारमा रहेको सुप्तुलुङको महत्त्वलाई निम्न रुपमा प्रस्तुत गरिन्छ।

1) माईती घरको सुप्तुलुङबाट छोरीलाई निकाल्ने।

 

बान्तावा राई समाजमा विवाहको प्रारम्भ केटापक्षबाट हुन्छ। यसको लागि केटापक्षबाट केटि माग्न जाने चुकुवा पाक्मा, केटीको पापाआमाले दाजुभाईलाई जानकारी दिने,बिहेको




साईत निश्चित गर्ने साथै बिह्र सम्पन्न गर्नको लागि बेहुला पक्ष र केटी पक्ष सल्लाहको लागि गरिने संस्कार “वात्तोङ खोप्मा” हरेक संस्कार गर्दा सर्वप्रथम दुबैतिरका सुप्तुलुङ पुज्दै पित्रहरुलाई भाग दिनुपर्छ। सुप्तुलुङ नपुजी कुनै वैवाहिक कार्य अकिरात राई बान्तावा बिबाह संस्कार

गाडि बढ्दैनन। यी विवाहमा छोरीलाई सुप्तुलुङबाट निकाल्नु पनि मु

ख्य हो।

विवाह अगाडि बेहुलीले संस्कारगत तथा सांस्कृतिक विधिविधान, हक अधिकारहरु माईतीघर तथा माईतीघरको सुप्तुलुङबाट प्राप्त गरिरहेको हुन्छ। बिरामी हुँदा धामी तथा माङपाहरुले पित्रहरुबाट बल मागिदिने कार्य गर्दछन। विवाहपछि अर्कै घरमा जाने हुँदा माईतीको सुप्तुलुङ वा पित्रहरुले स्वीकार्न मान्दैनन।

 

माईतीको घरको सुप्तुलुङ वा पित्रबाट ननिकाली बिहे भई जान लागेको

किरात राई बान्तावा बिबाह संस्कार

घरमा सुप्तुलुङमा प्रवेश गराउन नमिल्ने र पित्रहरुले पनि नस्वीकार्ने हुँदा अनिवार्य रुपमा माईती घरको सुप्तुलुङबाट चेलीलाई निकाल्नै पर्दछ। विवाहको पूरा रित हुनुको लागि माईतीधरको सुप्तुलुङबाट बेहुलीलाई निकाल्नै पर्दछ र बेहुलाघरको सुप्तुलुङमा बेहुलीलाई राख्नै पर्छ। सुप्तुलुङबाट निकाल्ने र प्रवेश गराउने विधि सकेपछी मात्र विधिवत विवाह समाप्त भएको मानिन्छ।त्यसपछी बेहुलीतिरको नाताआफन्त अर्थात माईती र मावलीहरुलाई ढोगभेटमार्फत बेहुलालाई चिनाउने काम हुन्छ।

ढोगभेट सकेपछि बेहुलाको पापा र आमासङ्ग बेहुलीतिरको माईती र मावालीहरुको चिनारी गराउदै ढोगभेट गरिन्छ। यसरी बेहुलाका पापा आमा सङ्गको चिनारी वा ढोगभेटलाई ङाप्पा ढोग भनिन्छ। यो समाप्त भएपछी बेहुलीलाई सुप्तुलुङबाट निकाल्ने कार्य हुन्छ। यसलाई “धितो धरना धान्मा”,”माङडाङका लोन्मा”,”सुप्तुलुङडाङका लात्मा” अर्थात सुप्तुलुङबाट निकालिनु पनि भनिन्छ।

सुप्तुलुङबाट छोरी निकाल्नु भनेको ‘ अब बाट माईतीघरमा लाग्ने हक अधिकार टुट्नु हो भने मृत्यु भएको खण्डमा मृत्यु संस्कार कार्यहरु सबै बिहे घरतिर नै सर्नु हो’। धितोधरना कार्य हुँदा बेहुलीको तर्फबाट पापाआमा, माईती,वंश दाजुभाई ,मावली छिमेकका जेठाबाठा र बेहुलातर्फबाट बेहुलीको पापा आमा र कोङपिहरु बस्दछन। कोङपि भन्नाले लमि भन्ने बुझिन्छ। धितोधरना गर्नको लागि बेहुलाको तर्फबाट एक वाबुक, एउटा वा(कुखुरा), एउटा कासको खुङ(डबकी) र एउटा मोहर सिक्काको आवश्यक हुन्छ। यसरी निकालिएको कुखुरालाई “हुन्वा”, कासको डबकीलाई”बुलुखु

ङ” र सिक्कालाई “माङचेङ याङ” भनिन्छ।

किरात राई बान्तावा बिबाह संस्कार

आवश्यक सामाग्रीहरु तयारी भएपछि दुबै पक्ष बसेर वैवाहिक घरमा छोरीछोराको बारेमा कुरा हुन्छ। केटापक्षके घरकै मालिक्नी, अन्नको रानी,पैसाको रानी बनाउन लान लगेको हो भन्ने पक्का गरेपछि बेहुलाकोतिरबाट निकालिएको 

खाबात/हेङमावा(रक्सी) सुप्तुलुङमा चढाईन्छ भने बटुको र मोहर पैसालाई पनि सुप्तुलुङमा देखाएर सङ्गै ल्याएको कुखुरा मारेर बुलुखुङ र मोहर पैसामा लगाईन्छ।

यश कार्यलाई बान्तावा राई भाषामा ” खेक्खेइ ” वा ” हेन्खोक्वा घान्मा ” भनिन्छ। सुप्तुलुङमा रक्सी चढाई, बुलुखुङ र मोहर पैसा देखाएर हेन्खोक्वा धान्मा गरेपछी छोरी चेलीलाई माईतीतर्फको सुप्तुलुङ्बाट निकालिएको मानिन्छ र माइतीतिरको माया ममताको सम्बन्धबाहेक माईती घरको पित्रहरुसङ्गको सबै धार्मिक सम्बन्ध अन्त्य भएको मानिन्छ।

2) बेहुला घरको सुप्तुलुङमा दुलहीलाई प्रवेश।

 

किरात राई बान्तावा बिबाह संस्कार

बेहुलाको घर

मा दुलही ल्याएपछी घर प्रवेश गर्नु भन्द्स पहिले बाहिरको भान्छामा दुलहा,दुलही र जन्तिहरुलाइ सगुन र खाना खुवाएपछी मात्र घरमा ल्याईन्छ। भित्राउनको लागि पहिले बेहु

किरात राई बान्तावा बिबाह संस्कार

लाबेहुलीलाई सिकुवामा राखिन्छ। सिकुवाबाट घरभित्र लानलाई सासू,जेठानी दिदी वा माथिको साईनो भएको दुई महिलाहरुले बेहुलिको हातमा कोम्बित(खुर्मी),साम्पिचा(कोदो) र बेछुक(अदु

वा) राखिदिई समातेर घरभित्र लगेर बसाइन्छ। यसलाई घर भित्राउनु भनिन्छ। घरमा भित्राएपछी सबैभन्दा पहिले काम नै सुप्तुलुङमा राख्नु अथवा पित्रमा चढाउनु हो।

सुप्तुलुङमा प्रवेश गराउदा “सोलोन्वा , आरावा(चामल)एक माना, कोम्बित(खुर्मी) एउटा वामा(पोथीकुखुरा),दोवा वा नक्छोङ, बेछुक(अदुवा) आदि आवश्यक हुन्छ। सुप्तुलुङमा दुलहीलाई प्रवेश गराउनु भनेको आजबाट दुलही पनि घरको अधिकारी भईन भन्ने हो। बेहुलालाई मुत्दुमी(मुन्दुमी) बिधिको आधारमा पित्रहरुलाई जानकरी गराउदै सुप्तुलुङमा प्रवेश गरार्पछी परिवारको एक सदस्य सासुको सम्भावित उत्तराधिकारी बन्दछिन।

जीवित हुन्जेल यहि सुप्तुलुङना पुजिने पित्रहरुलेनै उनको जीवन रक्षा प्रगतीमा साथ

किरात राई बान्तावा बिबाह संस्कार

 दिन्छन भन्ने विश्वास रहेको छ। त्यसरीनै सासुको शेषपछि पित्रहरुलाई चढाइने वाबुकमा बोप्खवा(मर्चापानी)भर्न पाउने उत्तराधिकारी पनि बन्न सक्द्छिन। सुप्तुलुङमा भित्राएपछी विवाह विधिवत सकिन्छ। साकेन्वा नाचिन्छ।

यसरी छोरीचेलीको विवाह संस्कारहरु गरिन्छ। अनि दाइजो दिने लिने चलन चाहिँ हामीमा हुदैन। अनि बेहुलीले बेहुलाको खुट्टामा ढोग्ने चलन पनि छैन र यस्ता जीवनभरी गर्दैनन पनि।मात्र संस्कार कर्म गरिछ।सिन्दर पनि लगाउदैन। शुद्ध किराँती संस्कार गरेर विवाहको सबै प्रकृया समाप्त गरिन्छ।

नोट:किरातमा सिंदुर पोते महिलाले पुरुषको खुट्टा ढ्क्नु हुदैन।
-आलङने

-NamSamHang Bantawa Rai



Leave a Comment

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.