tinchula

२८ भाषिक राईहरुको तिन चुला



२८ भाषिक राईहरुको तिन चुलाकिरात (२८) भाषिक राईहरुको लागि मेरो एउटा अनुरोध।

२८ भाषिक राईहरुको तिन चुला लाई सामुहिक चुला । अहिलेको मुख्य बिषय नै तिन चुला बनेको छ किरात राई हरु माझमा । र केहि बर्षदेखी यता किरात राईहरु बिचमा झैँ झगडा अनि विभाजन पनि यहि तिन चुलाको कारण ले भैरेहेको छ।२८ भाषिक राईहरुको तिन चुला




यो हुदै नहुने बिषय उठाएर अनि कसै कसैले नहुने काम गरेर सबै २८ भाषिक राई हरुलाई विभाजनमा लिएको छ यो सबै लाई थाहा नै भएको कुरा हो। अझै पनि तिन चुला सामुहिक चुला बनाउने जारीरहेको देखिन्छ यो १००% गलत हो यो हुनै सक्दैन र तुरुन्त बन्द गरिनु पर्दछ। यो हुनै नसक्ने काम कसै बाट नहोस नगरौ यदि २८ भाषिक राई हरुको एकता चाहाने हो भने नगरौ , यदि राईहरुको एकता नचाहाने हो भने र २८ भाषिक राईहरु २८ टुक्रा भएको हेर्नु चाहाने हो भने जे मन लाग्छ त्यो गरौ।

हामि नेपालको सबै भन्दा पुरानो भूमिपुत्र / मूलवासी / आदिवासी हौ र हाम्रो कहिले पनि हिन्दु धर्म लम्बिहरु को जस्तो मन्दिर / क्रिस्टियनको जस्तो चर्च / मुस्लिमको जस्तो मस्जिद हुदैन।

उनीहरुको जस्तो नक्कल गर्नु पनि हुदैन सबै धर्म लम्बिहरुकोआफ्नो आफ्नो धर्म मान्ने मनाउने मुन्दुम मन्त्र शास्त्र दर्सन हुन्छ । तर धर्म संस्कार संस्कृति लाई कहिले पनि परिमार्जन गर्नु हुदैन आफ्नो पहिचान लाई मेटाउने काम हो त्यो परिमार्जन गर्नु भनेको। हाम्रो २८ भाषिक किरात राईहरुको ,२८ किराती भाषिक मुन्दुम, हजारौ पाछा , हजारौ सामे, हजारौ बंस, ७ छाके दाजुभाई, ५ छाके दाजुभाई , ३ छाके दाजुभाई , नलनाता, र आफ़ान्त हरुको एकै ठाउमा कहिले पनि किराती मुन्दुमी अनुसारको साँस्कृतिक बिधि गरिन्दैन।

त्यो गर्नु र सामुहिक चुला बनाउने भनेको हाम्रै किरात राईहरुले राईहरुलाई नै हिन्दु – क्रिस्टियन – मुस्लिम करण बनाउनु खोजेको भन्ने बुझिन्छ। सबै २८ भाषिक राईहरुलाई भेला पारेर राई करण बनाएर अनि हिन्दु वा क्रिस्टियन करण गराउनु खोजे जस्तो देखिन्छ हैन भने सबै भाषिक हरुले आफ्नो आफ्नो उनीहरुको मुन्दुमी संस्कार संस्कृति उनीहरुको कुलपित्रि पुजिरहेको बेलामा किन टाउको दुखाई।२८ भाषिक राईहरुको तिन चुला

हामि २८ भाषिक राईहरुको २८ भाषा नै फरक हो, हामि २८ भाषिक समुदाय हो , हामि राई समुदाय मात्र हैन हामि २८ वटा भाषिक समुदाय पनि हो र २८ वटा भाषिकहरु मिलेर बनेको संगठनात्मक रुपमा मात्र किरात राई समुदाय हो तर एउटै समुदाय चाहि हैन यो बुझ्नु जरुरि छ । एउटा भाषिक को धामी ,नछुङ्ग, झाक्री ले आफ्नो भाषामा मुन्दुम भाकेर एउटा चुला पुज्छ भने त्यो चुला अरुको मान्नु मिल्दैन चुला उसको मात्र हो कसले पितृ पूजेको छ , तर एउटै बाउको छोराहरु छुटिएर बसेको छ भने पनि सामुहिक चुला हुदैन , झन् एउटै भाषिक को कुनै हालतमा हुनु सक्दैन र मान्नु पनि मिल्दैन त्यहा उसको पितृ हरुलाई पूजेको हुन्छ।

अनि कसरि २८ भाषिक राईहरुको सामुहिक चुला हुन्छ त्यो कहिले कसैले नसोचौ भनेर अनुरोध गर्दछु । र सामुहिक चुला भएपछी राईहरु बिचमा बिहाबारी चल्दैन सबै दाजुभाई भयो , हाम्रो छोरीचेलीले बिहा गरे पछि तिन चुला बाट निकाल्नु पर्छ र उसको घरमा गएपछि चुलामा लगाउछ तर हाम्रो सामुहिक चुला भयो भने त्यहि चुला देखि निकालेर फेरी त्यहि चुला मा लाउनु पर्ने हुन्छ यो हुनै सक्दैन। अनि कुनै भाषिक राईहरुले घर भित्रै चुलामा बाख्राको मासु पकाएर खान्छन तर कसैले बाख्रा खानु ता परै जावोस छुएर पनि चुलामा पस्नु हुदैन हामि भाषिक हरुको आफ्नै आफ्नै पहिचान छ र सबैले सम्मान गरिदिनु पर्दछ।

सामुहिक चुला किन ? नेपालमा हाम्रो सबैको चुला आफ्नो घरघरमा छ किन कसलाई केको लागि चुला सामुहिक बनाउनु परेको छ। कसलाई देखाउनुलाई नेपालमा भएको सबै समुदायहरुलाई राई हरुको संस्कार थाहाछ चुलापनि थाहा छ। आफ्नो संस्कार संस्कृति उनीहरुले मजाले आफ्नो भाषामा आफ्नो मुन्दुममा गरिरहेको छन् किन अन्योल मा पार्नु।

कि बच्चाहरुले चिन्दैन भनेर हो उनीहरुको बेला, उमेर , समय ,परिस्थिति आएपछि आफै बुझछन सिक्छन खोज्छन हामीलाई पनि पहिला वास्ता हुदैन थियो अहिले झन् आमिलाई धेरै चिन्ता पिर परेको छ सबै कुरा एकै चोटी हुदैन समय ले डोराउछ, सिकाउछ अनि खोज्ने बनाउछ। म कोहो मेरो ,पहिचान केहो भनेर खोजि गर्छन। मात्र हाम्रो काम हो हाम्रो संस्कार संस्कृति जोगाईदिने हो र सकेको सिकाउने काम हो।

तर अहिले मेटाउने काम हुदैछ हाम्रो संघ संस्था हरु किन खोलेको यहि पहिचान को संरक्षण र सम्वर्दन गर्नु र सबै भाषिक राईहरुलाई एकतामा लेउनु लाई नै हो हैनर। कि पहिचान निमटन्न बनाएर मेटाउनु लाई हो ? २८ भाषिक राईहरुको एउटा सामुहिक चुला बनाउनु भनेको २७ वटा भाषिक समुदायहरु मास्नु हो , २७ वटा भाषा मार्नु हो, हजारौ पाछा र सामेत मार्नु , र २७ वटा समुदायहरुको संस्कार संस्कृति मेटाउनु हो।

बेदेशामा पनि चुला चाहिंदैन पितृ पुज्नु नेपाल जान्छन हैन भने हाम्रो पुर्खाहरु काहादेखी आए पुर्खाहरुको भुमि कस्तो थियो भन्ने नै भुल्छन हाम्रो बच्चाहरुले उनीहरुलाई आफ्नो पुर्खाहरु जन्मेको हुर्केको पुर्खौली ठाउ भुमि देखाउनु पर्छ अनिमात्र आदिवासी किरात हरुको महत्व बुज्छन अनि मात्र हाम्रो अस्तित्व पनि रहन्छ। यदि कसैलाई चुला बिदेशमा पनि चाहिएमा घरमा गाडेर राख्दा भयो मिल्ने हरुको हैनभने कसैलाई चुला बिदेशमा गाड्ने रहर अनि सबैको सामुहिक चुला भन्नु त्यो कदापि हुदैन र धेरै जस्तो राई भाषिक हरुको मिल्दैन।

बिदेशमा चाहिने भनेको हामि किरातहरुलाई मात्र एउटा सामुहिक साकेला नाज्ने जग्गाको खाचो हो अरु केहि चाहिन्दैन र हाम्रो राईहरुको सामुहिक भनेको साकेला थान हुन्छ, चिण्डो को प्रतिक बनाउनु सकिन्छ, सामुहिक गढि दरबार हरु बनाउनु सकिन्छ, गढिहरु खोजि गरेर दरबार बनाउ सकिन्छ भने हुने काम गरौन किन झगडा निम्ताउने काम मात्र गर्नु।

जस्तै सामुहिक चुला दिक्तेलमा बनाउदा ओखोलढुङ्ग्गाको -जेरोङ्ग , बाहिङ्ग, वाम्बुले भाषिक राईहरु कुलपित्रि पुज्नु दिक्तेल आउछन त ? संखुवाशभाको-मेवाहाङ्ग, याम्फु ,लोहोरुङ्ग भाषिक राईहरु दिक्तेल कुलपित्रि पुज्नु आउछन त ? धनकुटाको – आठपहरिया ,छिलिङ्ग, छिन्ताङ्ग, फान्ग्दुवाली भाषिकहरु पनि आउछन त ? त्यसैगरी ईलामका – लिङ्खिम भाषिकराई हरु कुलपित्रि पुज्नु दिक्तेल जान्छनत् कोहि जादैनन् त्यसकारण हामीहरुले सबै बुझेर सबैको लागि सहज हुने काम गर्दा राम्रो हुनेछ।

साकेला उभौली उधौली मा पनि त्यो दिनमा चुला पुजिन्दैन अगाडिनै चुला घरघरमा पुजिन्छ साकेला थानमा मात्र पुजा गरिञ्छ अनि सिली नाचिन्छ। हामीहरुले चुलाको कुरा धेरै नगर्दा राम्रो होला त्यो चुला कसरि मान्ने सबै राईहरुलाई थाहाछ र चुला घरदेखि बाहिर निकाल्ने काम नगरौ चुला सबैको आफ्नो आफ्नो घरमा हुन्छ चुला घरमा गाडिन्छ जंगलमा गाड्नु हुदैन चुला गाडि पछि २४ औ घण्टा आगो बालिरहनु पर्छ।२८ भाषिक राईहरुको तिन चुला

अब चुलाको कुरा गर्नु छाडेर अरु काम हरु गर्दा राम्रो देखिन्छ। अब अरु कामहरु गर्नु तिर लाग्नु पर्छ जस्तै किरात प्रदेशको नामाकरण को बारेमा , किरात दरबार गढिहरु खोजतलास गरौ बनाऊ, चुलामा किन बिबाद गरि बस्नु किन समय सबै त्यहा फाल्नु। मासिनु लागेको भाषिक हरुलाई कसरि हराउनु देखि बचाउने त्यता समय खर्च गरौ र अझै सकिन्छ भने हराएको भाषा हरुलाई फेरी खोजतलास गरेर उनीहरुको मुन्दुम लेखौ अनि फेरी भाषा बचाऊ , यस्तो कामहरु पो गर्नु पर्छ किन भएको भाषा हरुलाई मास्ने काम गर्नु।

अन्तमा: चुला राईहरुको यथार्था जिवनको प्रक्रियामा छिर्ने एउटा प्रशासन हो। सर्वोपरी चोखो पबित्र र संवेदनसिल ठानिने चुला बाट जन्मे देखि मृत्यु सम्म को सबै शुभ अशुभ कार्यहरु समप्पन्न हुने गर्दछ जसको अभाबमा कुनै कार्य हुनै सक्दैन। त्यसकारण हामीले चुलालाई लिएर झैँ झगडा नगरौ एक भाषिक ले अर्को भाषिक हरु माथि आरोप लगाई लगाई नगरौ , चुला लाई घर देखि बाहिर राख्ने गाड्ने काम र सामुहिक बनाउने काम कसैले नगरौ कसैको मिल्छ भने मात्र मिल्ने हरुको गाड्नु होला अनि त्यो नाम आफ्नो दिनुहोला अर्थात कुन भाषिक राई हरुको मिल्छ त्यो भाषिक हरुको नाम दिनु होला तर सबै २८ भाषिकराईहरु को सामुहिक भनेर सबै को नाम नदिनु होला त्यो राम्रो हैन।

चुला राईहरुको हरेक छोराहरुको आफ्नो आफ्नो हुन्छ एउटै बाउको छोराहरुको पनि सामुहिक हुदैन र सामुहिक बनाउनु मिल्दैन त्यो गर्नु भनेको आफ्नो पहिचान संस्कार संस्कृति धर्म लाई समाप्त गर्नु हो , एउटा भाषा जन्माउनु लाई झनै ५.००० पाच हजार वर्ष लाग्छ भनेर सुन्नु पाईन्छ अनि हाम्रो सामुहिक चुला बनाएर २७ वटा भाषा किन मास्नु सबै २८ भाषिक राईहरुले गहिरो सोज्नु होला। तर अब देखि सामुहिक चुला भन्ने शब्द नै हटाउ र सामुहिक चुला बनाएर राई करण हिन्दु करण नबनाउ हामीलाई मन्दिर बनाएर चुला राख्नु पर्दैन हाम्रो माटोको आफ्नै झुप्रो घर भए पुग्छ। त्यो हो हामि आदिवासी किरात राईहरुको पहिचान।

धन्यबाद
बिनोद पुमा



Leave a Comment

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.