सांस्कृतिक अस्तित्व संकटमा पर्दापनि किरातीहरुमा एकता छैन

सांस्कृतिक अस्तित्व संकटमा पर्दापनि किरातीहरुमा एकता छैन



सांस्कृतिक अस्तित्व संकटमा पर्दापनि किरातीहरुमा एकता छैन

 

**** काठमाण्डूको रैथाने नेवारहरुको गुठि संस्कृति माथी धावा बोल्दै गुठि विधेयक ल्याएको केपी ओलीको सरकारले सारा नेवारहरुको सांस्कृतिक आन्दोलन सामु घुँणा टेकेर गुठि विधेयक फिर्ता लिन बाध्य भयो।नेवारहरुले गरेको गुठि विधेयकको सांस्कृतिक आन्दोलनमा नेवार समुदायको काङ्ग्रेश-कम्युनिस्ट जसपा-राप्रपा-नेमकिपा लगायत सम्पुर्ण राजनैतिक कर्मी,सामाजिक सांस्कृतिक अभियन्ता,लेखक गित/संगितकर्मी/साहित्यकार,पत्रकार वकिल लगायत कलाकार र सारा नेवारहरु सडकमा उत्रिए।




अझ चर्चीत गायक योगी अमात्यले गुठि विधेयक विरुद्दको आन्दोलनमा प्रहरीलाई प्रेमपूर्वक फुल दिएको सकारात्मक दृश्यले आन्दोलनलाई सभ्य र थप उर्जाशिल बनाएको थियो।आज किरातीहरुको मुन्दुमी शक्तिकेन्द्र खुवालुङ भत्काऊने घोषणा गरीसक्दा पनि किरात संघ-संस्थाको पदमा बसेकाहरु ओली प्रचण्ड र देऊवाको हनुमानहरु मौन छन।

अन्य राजनैतिक दाशहरु आ-आफनै स्वार्थको निमित्त चुपोचाप छन।अझ किराती पहिचानवादि हुँङ भन्ने जसपा/जनमुक्ती लिम्बुवान खम्बुवान पार्टीको किरात नेता कार्यकर्ताहरु चुपचाप छन।अन्य सामाजिक सांस्कृतिक अभियन्ता/लेखक साहित्यकार/पत्रकारहरु/किराती कलाकारहरु गीतकार/संगितकार खुवालुङ बारे नै बेखबर छन।काठमाण्डूका नेवारहरुले गुठि विधेयक विरुद्द गरेको बृहत सांस्कृतिक आन्दोलनले नेवारहरु आफनो पहिचान र अस्तित्वको निमित्त एक छन,सांस्कृतिक रुपमा सचेत र कटिबद्ध छन भन्ने राज्यलाई गतिलो सन्देश दियो।

काठमाण्डूको नेवारहरुले जस्तै किरातीहरुले मुन्दुमी शक्तिकेन्द्र खुवालुङ भत्काऊने निर्णय विरुद्द व्यापक सांस्कृतिक विद्रोह या खुवालुङ सांस्कृतिक आन्दोलन गरेर केपी ओलीलाई घुँणा टेकाऊन नसक्नु यो हामी सम्पुर्ण किरात समुदायको कमजोरी मात्र होईन,यो हामी किरातीहरुको नालायकपन र कायरता पनि हो।

हामी किरातीहरु राजनैतिक स्वार्थको निमित्त ओली दाहाल र देऊवाको दाशी भईसकेका रहेछौ,राजनैतिक स्वार्थको निमित्त किरात सभ्यता र अस्तित्व साटेर खाने नालायक जातीय गद्धार भईसकेका रहेछौ।हाम्रो सांस्कृतिक अस्तित्व संकटमा पर्दापनि किरातीहरुमा एकता छैन भन्ने देखियो।किरातीहरुमा सांस्कृतिक चेत शुन्य छ,नेवारहरुमा जत्ति सांस्कृतिक चेत छैन रहेछ,किरात सभ्यता र अस्तित्व जोगाऊनको निमित्त आफनो प्राण त्याग्न तैयार हुने किरात समुदायमा कुनै सपुतको जन्म भएको छैन भन्ने प्रष्ट देखिन्छ ****

मुलघरे कान्छा



Leave a Comment

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.