नागाल्यान्डको नागा जाती र किराती

नागाल्यान्डको नागा जाती र किराती



नागाल्यान्डको नागा जाती र किराती

                                                                                             The lost family of kirat naga’




प्राचिन किरात देश पश्चिम कस्मिर देखि पुर्बि म्यानमारसम्म थियो भन्ने किरात इतिहासमा पाइन्छ।  किरात नागा जाती वाछुइनारीको मिथक इतिहासमा आउनेगर्छ।

भारतको अरुणाञ्चल प्रदेशमा रहेको त्यहाँको आदिवासीमध्ये एक (ताघिन जाती)समुदाय छन।नागाल्यान्डको नागा जाती र किरातीताघिनागाल्यान्डको नागा जाती र किरातीनागाल्यान्डको नागा जाती र किरातीजाती  हेर्दा ठ्याक्कै भारतको नागालैण्डको नागा जाती र नेपालको किरातीहरुसंग मिल्दोजुल्दो  देखिन्दो रहेछन।

 

अरुणाञ्चल प्रदेशका ताघिन जाती समुदायको धर्म संस्कृती पनि ठ्याक्कै किरातीहरुसंग मिल्दो जुल्दो Shamanism/Animism प्रकृती पुजक र अदृश्य शक्तीमा विश्वास राख्ने रहेछन।

नागाल्यान्डको नागा जाती र किराती

यी ताघिन जातीको मुख्यत दुई थरहरु रहेछन Nah(ना) र Mara(मारा) र किरातीहरुको पाछा भएजस्तै जस्तै २४ पाछाहरु रहेछन।यो ताघिन जातीको कालान्तरमा जनसंख्या बढ्दै जाने क्रममा र आ-आफनो छुट्टै पहिचान खोज्ने क्रममा केहि मानवशाष्त्री/समाजशाष्त्रीहरुले ताघिन जातीको ईतिहास लेख्ने क्रममा (ना) थर र (मारा) ताघिन जा

नागाल्यान्डको नागा जाती र किराती

ती भन्दा फरक भएको भन्ने अपुष्ट त्रुटिपुर्ण ईतिहास पुस्तक लेखीदिएको हुनाले पछिल्लो पुस्ताले त्यसैलाई आधार मानेर वर्तमान अवस्थामा आएर (ना) थर र (मारा) थर हामी कोहि ताघिन जाती भित्रकै हो र हामी ताघिन होईनौ हामी छुट्टै हौ भन्ने बढ्दो विवाद बहस चर्किरहेको छ।

 

समाजशाष्त्री/प्रोफेसर (विकास वागे) लगायत अंधिकांश ताघिन समुदायको विद्वानागाल्यान्डको नागा जाती र किरातीन बुद्धिजिबीहरुले हामी एकै हौ विगतमा एक दुई दिन घुम्न आएका घुमन्ते विदेशी लेखक मानवशाष्त्रीहरुले कतिपय अवस्थामा भाषाको समस्या हुदा कति

पय यथार्थ संवादको कमी पर्याप्त जानकारी नहुदा त्रुटिपुर्ण लेखेका हुन त्यसलाई आधार मानेर हामी एउटै ताघिन जाती विभाजित हुनुहुदैन भन्ने जोडदार दिईरहेका रहेछन। विश्वका अन्य आदिवाशीहरु पनि विगतमा कतिपय मानवशाष्त्री/समाजशाष्त्रीहरुले त्रुटिपुर्ण लेखहरु लेखीदिए

का कारण यस्ता विवादमा छन।नेपालको सन्दर्भमा पनि किरातीहरु भित्र पनि कोहि आफुलाई राई भन्ने कोहि राई भन्दा अलग जाती हौ भन्ने कोहि आफुलाई किरात स्वीकार गर्ने कोहि हामी कि

नागाल्यान्डको नागा जाती र किराती

रात होईनौ भनेर किरात बहिस्कार गर्ने विवादै विवादको मुल कारण पनि यस्तै नै हो भन्न सकिने अवस्था रहेको छ ****

किराती बिहेमा अर्थात किरात राई बिहे संस्कारमा🙏
छोरिचेलिको हात माग्न जादा वाबुक/वाबू मा वासिम बोकेर जानू पर्दछ🙂साथै, 

किराती समुदाय भित्र बिहेमा,केटिबाट वाछुईनारी (पुल्लिकमाला) लिएर केटाले सासु ससुरालाई दिने प्रचलन/संस्कार छ

{ किरातीहरुको अस्तित्व संग जोडिएको महत्वपुर्ण गहना (वाछुईनारी/ पुल्लिकमाला) र ईतिहास }

 

वाडाको मुन्दुम :कथाअनुसार किरातीहरुको पुर्खा(होँछा) हेच्छाकुप्पा/रैछाकुले ले बाघ र भालुलाई जंगलमा लखेटिपठाएपछि घरमा एक्लै बस्न थाल्यो। तर घरमा रहेको मासु खाईसकेपछि के खाने भन्ने समस्या आईलाग्यो। त्यसैले एकदिन जाल हान्न गयो। उसले निकैदि

नागाल्यान्डको नागा जाती र किराती

नको प्रयासपछि नागकन्या सिकुरीमानागाल्यान्डको नागा जाती र किराती

/रिनाहा लाई पो जालमा पारी मायाजालमा पार्यो।

 

सिकुरीमाले किरातीहरुको पुर्खा होँछा हेच्छाकुप्पा/रैछाकले लाई आमाबाबु भएको ठाँऊमा लगिन। सिकुरीमाले आमालाई मानव (केटा) ल्याएको कुरा बताईन। डिल्लिह र नाकिमाल् सरसल्लाह गरे। डि

ल्लिहँले नाकिमासंग छोरीको विवाहमा बागदत्त बोल्नुपर्ने भएकोले वाछुईनारी (मट्टिमाला/पुल्लिकमाला) चाहिने बताए । तर हेच्छाकुप्पा संग वाछुईनारी थिएन।आमासंग सल्लाह गरेर सिकुरीमाले बाबु डिल्लिहँको वाछुईनारी चोरेर दिईन।डिल्लिहँले बागदत्त बोल्नको लागी ज्वाईलाई वाछुईनारी माग्यो । हेच्छाकुप्पा/रैछाकुले ले सिकुरीमा संग लिएको वाछुईनारी दियो। डिल्लिहँ र नाकिमाले होँछा हेच्छाकुप्पा संग वाछुईनारी लिएर छोरीको बिहेवारी गरीदिए।

 

किरातीहरुको वाडाको मुन्दुममा आऊने नागजाती चाहि को होला? द्रविड सभ्यताका रुपमा चिनिने सिन्दुघाँटि र मोहनजोदाडोमा नानागाल्यान्डको नागा जाती र किरातीगजातीको अस्तित्व रहेको उत्खननका क्रममा फेला परेको छ।जेएच मार्सलले मोहनजोदाडोमा नागजातिको अस्तित्व रहेको उ

त्खननका क्रममा पत्ता लागेको बताएका छन। उनका अनुसार एकज

नागाल्यान्डको नागा जाती र किराती

ना भक्तको शिरमा नागको फणा रहेको छ।त्यो नागजातिको अस्तित्व रहेको प्रमाण हो(पौ

ड्याल,२०६० :५) सिन्दुघाँटिमै गरीएको उत्खनन अनुसार त्यहाँ ईसापुर्व दोस्रो र पहिलो शताब्दिमा ‘ वाछुईनारी ‘ (पुल्लिक) को उत्पादन हुने गर्दथियो र त्यहाँबाट सेन्ट्रल एसिया र चीनको पश्चिमी सिन्जियाङसम्म व्यापार हुन्थियो(Blackburn,2003/2004:31) वाडाको मुन्दुममा पनि प्रस्ट भनिएको छ -वाछुईनारी (beads) नागजातिसंग मात्र थियो किरात पुर्खा (होछाँ) हेच्छाकुप्पाले नागकन्या सिकुरीमा संग लिएर ससुरा डिल्लिहँ (पातेना)लाई दिएका थिए। सिन्दुघाँटिमा फेला परेको वाछुईनारी (beads) लाई आधार मान्ने हो भने आजभन्दा २२०० वर्षअघिको समयसंग सम्बन्धित देखिन्छ वाडाको मुन्दुम। (वा

नागाल्यान्डको नागा जाती र किराती

डाको)बच्चा जन्मिसकेपछि आमा र बच्चाको लागी गरीने एउटा संस्कार हो र वाडाको मुन्दुम किरातीहरुको पुर्खा र नागजातीँसंगको वैवाहिक सम्बन्ध नागाल्यान्डको नागा जाती र किरातीगाँसिएको कथा हो।

त्यसै समयकालखण्ड पश्चात किराती समुदायहरुमा वाछुईनारी (पुल्लिकमाला) लाई किरातीहरुले पनि महत्वपुर्ण अस्तित्वको रुपमा स्वीकार गरेको पाईन्छ।किरातीहरुले (वाछुईनारी/पुल्लिकमाला) लाई आफनो महत्वपुर्ण गहना/वैवाहिक सम्बन्धमा आवश्यक गहना संस्कारको रुपमा स्वीकार गरेको पाईन्छ।तसर्थ किरात समुदाय भित्र बिहेमा केटिबाट वाछुईनारी (पुल्लिकमाला) लिएर केटाले सासु ससुरालाई दिने प्रचलन/संस्कार छ।यो वाछुईनारी किरातीहरुको सभ्यताकालमा किराती पुर्खाहरुको संस्कार

नागाल्यान्डको नागा जाती र किराती

/ईतिहास मुन्दुममा आधारीत महत्वपुर्ण प्रतिबिम्बित गहना हो। किरातीहरुको लागी (वाछुईनारी/पुल्लिकमाला) एकदमै महत्वपुर्ण छ,तसर्थ किरातीहरुले (वाछुईनारी) पुल्लिकमाला संरक्षण गरौ ।      स्रोत :मुन्दुम /वाडाको मुन्दुम कथाअनुसार

 

 

 

 

 

 

मुलघरे कान्छा



Leave a Comment

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.