किरात प्रकृती पुजक मृत्यु संस्कार

किरात प्रकृती पुजक मृत्यु संस्कार



किरात प्रकृती पुजक मृत्यु संस्कार

 

किरातीहरु प्रकृती पुजक भएकोले जन्म र मृत्युलाई प्राकृतिक पद्धतीको रुपमा लिने गर्दछन।त्यसैले यो धर्तीमा प्राकृतिक रुपमा जन्मिए पश्चात प्राकृतिक तवरले नै मृत्यु हुन मुन्दुमले निर्देशित गर्दछ,




तसर्थ मुन्दुमी विधिअनुसार मृत्यु संस्कार गर्दा मानिसलाई धर्तीमा नै विलय भएर जान माटोमा नै गाडिन्छ र मुन्दुमी विधिअनुसार नछुङ-माङ्पाले मृतकको आत्मालाई साम्खा-पारुखिममा पठाईन्छ,बाटो लगाऊने गरीन्छ।

लाश लाई कुनै कुकुर बिरालो कुखुरा या अन्य जातको मानिस लाई छुन नजिक जान दिनुहुदैन।

१.सेतो कपडा कात्रो होइन🙏मृत्यु भएका ब्यक्तिलाई मन परेको लुगा/कपडा अथवा मनपर्ने लुगाकपडा थाहा छैन भने नयाँ लुगा लगाईदिनुपर्छ्🙏

२.किरात संस्कृति अनुसार लाश जलाऊनु हुदैन गाड्नुपर्छ। लाश माटोमा पुर्नु अघि सबै तुना/टाँक बटनहरु खोली दिनुपर्छ्🙏

३.किरात संस्कृति अनुसार मृतकको लाश जलाऊनु हुदैन गाड्नु पर्छ।किनभने किराती राई मुन्दुमी संस्कृति अनुसार मानिस भौतिक रुपमा मरेर गएपनि उसको आत्माको मृत्यु हुदैन,पवित्र स्थल साम्खा/माङ/पारुखिम भन्दछौ तीन चुलामा गएर बस्ने गर्दछ।मृत्यु पश्चात आमा बुवा बाजे बोजु र त्यहि चुलामा रहेको ३ वटा लुङ लाई पुर्खाहरु मानेर पुज्दछौ,त्यसैले लाश जलाऊनु हुदैन🙏

४.मृतशरिरलाई बकसमा राखिन्छ अनि माटोमा पुर्ने/गाड्ने गरिन्छ र ढुङ्गाको चिहान बनाईन्छ।

५.मृत्यु संस्कार अलीअली फरक नै छ। कसैले मृतकको टाऊको उत्तर तिर फर्काएर गाड्छन कसैले पुर्व फर्काऊछन। मृत्यु संस्कारमा एकरुपता भईरहेको छैन।

६.हामी किराती प्रकृती पुजक हौ लाश जलाएर प्रकृतीमा रहेको वातावरण प्रदुषण गर्नु हुदैन भन्ने मान्यता छ।

७.मृत्यु संस्कार गर्दा टाऊको मुण्डन गर्ने,सेत्रो धोती र गेरुवस्त्र ओढेर कुरुवा बस्ने,नुन तेल बार्ने संस्कृती पनि मुन्दुमी संस्कृति होईन र छैन |

८.किरातमा केस मुन्डन पनि गरिदैन् आजभोलि धेरै हाम्रो समुदायमा गरिन्छ🙏तर अलिकति हिमाल नजिक भएका वायुङ खालिङ हरुले अझै केश मुण्डन गर्दैनन🙏हामी आफ्नो अप्नाएर लान जरुरत छ्🙏

यी सबै लामो समय देखीको हिन्दु समाजसंगको सांस्कृतिक अन्तरघुलन/हिन्दुकरणको प्रभाव हो।अहिले किराती समाजमा गरीने मृत्यु संस्कारमा ठुलो सांस्कृतिक विचलन व्याप्त रुपमा बढिरहेको छ।

नेपालमा हिन्दु धर्मसंस्कृती संगको लामो समय देखीको(सांस्कृतिक अन्तरघुलन) र राज्यको/शाषकहरुको प्रभावमा पनि किराती समाजमा सांस्कृतिक विचलन,बाहय धर्म-संस्कृतीको प्रभाव बढिरहेको छ। अहिले किराती समाजमा जानअन्जानमा या देखासिकी र बाहय धार्मिक प्रभावको कारण मृतकको शरीरमा(सिता-राम)लेखेको पहेलो कात्रो ओढाईदिने प्रचलन बढ्दो छ।

यसरी मृतकको शरीरमा(सिता-राम)लेखिएको पहेँलो कात्रो ओढाईदिए पछि यस्को अर्थ हामीले कसरी बुझ्ने?किरातीको आत्माले मृत्यु पश्चात साम्खा-पारुखिम/माङ/सुप्तुलुङमा जानेछ सुम्निमा-पारुहाङको चरणमा जानेछ भनेर बुझ्ने कि?किरातीहरु मृत्यु पश्चात(सिता-राम)को चरणमा जानेछ भनेर बुझ्ने?यसमा बहस हुन आवश्यक छ। मुलघरे कान्छा



Leave a Comment

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.