आठपहरिया राई जातिले "दशैँ" किन मनाउदैनन

आठपहरिया राई जातिले “दशैँ” किन मनाउदैनन



आठपहरिया राई जातिले “दशैँ” किन मनाउदैनन
—————————
शहीद रिदामाहांग आठपहरिया राई र शहीद रामालिहांग आठपहरिया राई
==
हरेक शहीदहरु सुनौला युगका उपज हुन् । किराती ईतिहासमा हाम्रा माहान शहीदहरु रिदामाहांग राईआठपहरिया र रामालीहांग राईको योगदानलाई हामिले कदापी पनि बिर्षनु हुँदैना । हिन्दूहरुको महान चाड दसैको बारेमा हामी आदिवाशी जनजातिहरुले कतिले बुझेका छौ त कतिले बुझेका छैनौ । आज तपाईंहरुलाई त्यो कालरात्रीको दिनलाई स्मरण गराउन गै रहेको छु ।
धनकुटाको नगरपालिका, बेलहारा र भिरगाउँ आसपासमा आफ्नो उद्गम स्थल मानि बसोबास गर्ने किरात आठपहरिया जाति (जस्को आफ्नै भाषा, संस्कार, चाडपर्व, भेषभुषा, रहन सहन, रिति रिवाज छ) को ऐतिहासिक पृष्ठभूमिको आधारमा यी जातिहरुको पुख्र्यौली थातथलोअन्तर्गत शासकीय भूगोलको उल्लेखित चार किल्लाको आधारमा सामान्य नक्सासमेत पेश गर्ने काम भएको छ ।                                                                                                     जस्तैः तमर नदी उत्तर, चित्रेटुटेको डुङडुङे दक्षिण (हाल तेह्रथुमको) तम्बु खोला पश्चिम, माङ्माया खोलाको पूर्व यति चार किलाभित्रको भू–भागलाई ऐतिहासिक पृष्ठभूमिको आधारमा शासकीय भौगोलिक क्षेत्र प्रमाणित छ धनकुटाका आठपहरियाहरु यहाँका भूमिपुत्र हुन्, जसको पुर्खाले यो भू–भागलाई उर्वरा बनाउँदै बस्ती बसाएका थिए । सो भू–भागको रक्षार्थ आठ किल्लाको निर्माण गरी आफ्नो समग्र परिवारसहित आठै प्रहर पहरा गर्दथे ।                                                                                          जसको कारण यो जातिलाई आठपहरे (आठपहरिया) भनिएको हो । आठपहरिया जातिको जन्म देखि म्रितुप्रयांता सम्म विभिन्न समयमा आफ्नो रितिरिवाज संस्कारमा रहनुपर्छ .यो जातिले धार्मिक, सांस्कृतिक रुपमा आफुहरुलाई हिन्दूकरण हिजोदेखि आजसम्म गरेका छैनन् ।                                                                                                                                      जसको कारण यिनीहरु आफ्नै पहिचान र अस्तित्वका साथ उपस्थित छन् । उदाहरणको रुपमा, सन् १८४५ पश्चात् अरुणपूर्व पल्लो किरात भित्र हिन्दू संस्कार–संस्कृतिविरुद्ध युद्धको घोषणा दशैं बहिष्कारबाट भएको थियो । यसको नेतृत्व धनकुटाका आठपहरिया रामालीहाङ आठपहरिया र रिदिमाहाङ आठपहरियाले गरेका थिए ।
आठपहरिया जातिको आफ्नै मुन्धुम, रितिरिवाज, परम्परा अनुसार होम्बारक सामेटको हांग पुजारीले पानी माग्नको लागि खाम्चेखोला को पानी चोंग्शोंग्मा बनको देउराली आडुबा उत्पतिमा पानी चढाउन चलन छ र पानी लगेर देउराली आडुबामा लगेर लिप्ने चलन आठपहरिया राई जातिले "दशैँ" किन मनाउदैननछ…..तसर्थ सन् १८६७ को सानङगोको द्वय रिदामाहांग आठपहरिया र रामालीहांग आठपहरियाले खाम्चेखोला को पानी चोंग्शोंग्मा बनको देउराली आडुबा उत्पतिमा लिप्नको लागि जादा, राणा शासकहरुले सुराकी पाई जबर्जस्ती जंग बहादुर राणाका सेनाहरु दशैँ मनाउना उर्दी छ भन्दै टिका लगाउन खोजे, महानवमि (मार्) को दिन बोका, राँगा, खसि, काटेर बली चडायो कि चडाएना भनी घर घरमा चेक गर्न पुलिसहरु आएका थिए ।                                                                                                     समय आलो रगत लागेको ५ औंलाको छाप लाउनै पर्ने नियम थियो । त्यस समय द्वय आठपहरिया हांग पुजारीहरुले हाम्रो आफ्नै चाड छ हामी दशैं चाड मनौदैनौ भनी इन्कार गरेका थिए हाम्रो हुकुम पालना नगरेको भन्दै लाताले हान्दै लगेर झुण्डायर निर्मतापुर्वाक हत्या गरि द्वय शहीदहरु रिदामाहांग आठपहरिया र रामालिहंग आठपहरिया कै आलो रगत चामल सित मुछेर टिका बनाइ आदिवाशी जनजातिहरुको निधारमा जबरजस्ती लगाइ दिए ।                                                                              मात्र नभई त्यही रगतले ५ औंलाको छाप प्रतेक घर्-घरको मुल ढोकामा हानियो । त्यसपछि सम्पूर्ण आठपहरिया राई जातिहरुलाई टिका लगाउन लगाई, लगाएको चिनोको रुपमा ढोकाको दलिनमा आलो रगतले चिनो लगाउन उर्दी लगाइयो, तर आज सम्म पनी किरात आठपहरिया जातिहरुले दशैँमा रातो टिका लगाएका छैनन् ।
यसरि बल्दै गरेको दियो तेल नसकिदै निभ्यो । त्यस पछी हिन्दूवादी दशैं चाड लाद्न हाम्रा हजारौ मुन्धुम्, धर्म सस्कृतिका पुस्तकहरु जलाईयो । धेरैलाई मारियो । यसरि बाहुनवादिहरुले उनिहरुको हातमा सता र शक्ती भएको बेलामा हाम्रो भाषा लिपी र धर्मलाई बन्देज गरी आदिवाशी जनजातिहरु माथि यो चाड जबरजस्ती लादिएको हो । तसर्थ तत्कालीन हिन्दू अतिवादी राज्यसत्ताद्वारा १८६७ मा द्वय शहिदहरु रिदामाहांग आठपहरिया र रामालीहांग आठपहरिया  ण्ड्याएर हत्या गरिएको थियो,                                                                                                               अझैपनी धनकुटा नगरपालिका वार्ड नं ७, स्थित त्यो ठाउँलाई झुण्डुवाको नामले जानिन्छ । आजसम्म सांस्कृतिक क्रान्तिका यी दुई महान् शहीदको सम्मानको त कुरै छाडौं, खोजसमेत नगरेको अवस्था छ ।
तसर्थ राज्यले किरात आठपहरिया द्वय शहीदहरु रिदामाहांग राई र रामालिहांग राई लाई नेपालको प्रथम राष्ट्रिय शहीद घोषणा गर्ने पर्छ..






Leave a Comment

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.