अन्तर्राष्ट्रिय कानुनमा मुलबासीहरुको हक अधिकार भाषा संस्कार संस्कृती खुवालुङ

अन्तर्राष्ट्रिय कानुनमा मुलबासीहरुको हक अधिकार भाषा संस्कार संस्कृती खुवालुङ



सेवा 🙏सम्पर्ण किरात समुदायाहारुमा विषय किरातीहरुको मुन्दुमी शक्तिकेन्द्र खुवालुंग फुटाउने बारेमा मेरो छोटो बिचार राख्नु चाहे सबै माझमा . भूमिका नबाधि छोटो लेख्नु गैरहेकोछु . हामि किरात हरुको सांस्कृति केन्द्र मानिने खुवालुंग लाई मास्नु भनेको मात्र हामि किरातीहरुको सांस्कृति मास्नु लागेको होइन यो समग्र नेपाल को सांस्कृति , पहिचान र ईतिहास नै मेटाउनु लागेको हो यदि सरकार ले बुझ्छ भने तर अहिले सम्म त बुझेन र कहिले बुझ्दैन पनि मेरो देखाई हेराई र भोगाईमा . संसार मा मानबको मात्र र जीवित बस्तुको मात्र पहिचान हुदैन हरेक पशु पंक्षी, बन जंगल डाडाकाडा, खोलानाला र माटो ढुंगा को पनि आफ्नो आफ्नो पहिचान हुन्छ र त्यो कुनै न कुनै चिज संग जोडिएको हुन्छ अर्थात कुनै समुदायहरु संग् वा पशु पंक्षी बन जंगल हरु संग सम्बन्ध वा पहिचान जोडिएको हुन्छ ,

त्यस्तै खुवालुंग पनि हामि आदिवासी (मूलवासी भूमिपुत्र ) हरु संग जोडिएको एउटा किराती मुन्दुमी शक्ति केन्द्र हो त्यो थाहा हुदा हुदै उल्टै मास्नु लाउनु भनेको र शभामा नै घोषणा गर्नु भनेको किराती समुदाय हरु माथि सांस्कृति दमन हो यो कसैले पनि गर्नु सक्दैन अन्तर्राष्ट्रिय कानुन ले त्यो भन्दैन कानुनले के भन्छ भने आदिवासी हरुको सबै हक अधिकार भाषा संस्कार संस्कृति पहिचान इतिहास को सरकारले संरक्षण गरिदिनु पर्छ र उनीहरुको बसोबास गर्ने भुमि बन जंगल खोलानाला हरु सबै उनीहरुको हो त्यो उनीहरुको हक अधिकारको मा पर्छ र कुनै हालतमा सरकारले हसतक्षेप गर्नु मिल्दैन र मास्नु पनि पाउदैन अनि सरकारीकरण पनि बनाउनु मिल्दैन र कसैको नाम मा बनाउनु पनि मिल्दैन मात्र आदिवासी हरुको सम्पति हो त्यहा राज्य ले अधिकार चलाउनु पाउदैन भन्छ , तर नेपाल मा उल्टो गरिरहेको देखिन्छ यो हुनु देखि तुरुन्तै रोकिनु पर्दछ ,




हाम्रो किरात संघ संस्थाहरुले यो कदम तुरुन्तै चाल्नु पर्दछ यदि संघ संस्था हरु को उदेश्य अनुसार काम गर्ने हो भने हैन भने भन्नु केहि सकिन्न पुर्खाहरुको सराप लाग्नेछ अरु मा भन्दिन . अहिले सम्म कुनै संघ सस्थाहरु चुइक्क बोलेको देखोको छैन . सबै केपी ओली र शेराबादुर देउवा को चेलाहरुनै भनेर बुझिन्छ , जातीय संघ संस्थाहरुमा काम गरे पछी नेतृत्व पद लिए पछी समुदाय हरुको लागि मात्र काम गर्नु पर्छ समुदाय हरुको आवाज सुनेर त्यसलाई सम्बोधन गरेर समस्याहरुको समाधन गर्नु पर्छ र समुदाउ बिना संघ संस्था हुदैन सबै भन्दा ठुलो नै समुदाय हरु हुन् त्यो बुझेर काम गर्नु पर्छ ,

अर्को उपाय मेरो आफ्नो व्याक्तिगत बिचार मेरो (भिजन ) त्याहाको बासिन्दाहरु संग् कुरा बुझेर प्रस्ट हुनेछ, यदि त्यो ढुंगा ले गर्दा डुंग ठुकिने पल्टिने अनि मान्छेहरु धेरै मरेको छ भने हामीले पनि केहि अर्को उपायाहरु अपनाउनु पर्ने हुन्छ त्यो हाम्रो पनि कर्तब्य हो , यदि साच्चिकै सत्य हो भने मान्छेहरु लाइ गारो भएको छ भने यो गर्दा पनि हुन्छ जस्तै – त्यहाको बासिन्दा हरु संग छलफल बहस गरेर उनीहरुलाई गारो अर्थात यात्रुहरुलाई गारो भएको हो भने त्यो खुवालुंग ढुंगा लाई नफुटाई सार्नु सकिन्छ भने किन नगर्नुत त्यस्तो काम क्रेनले फुटाउनु सक्छभने पल्टाएर कि वारि कि पारि सारिदिनु पनि सक्छ होलानी त्यता पनि बिचार पुर्याउने काम गरौ कि ,

पुरै सक्लो ढुंगा नै पल्टाउनु सकेन भने पनि आधि आधि गरेर बिचमा फुटाएर बाहिर बगरमा निकाल्नु लाउनु पर्दा हुन्छ होलानी ? यदि बाहिर निकाल्दिनु सकेमा पनि झन् राम्रो हुन्छ ४ टुक्रा नै पारेर निकाले पनि बाहिर बगरमा राख्नु पर्छ अनि त्यसलाई चिल्लो चाप्लो बनाएर राम्रो बनाउनु पर्छ . अनि हरेक वर्ष महिना दिन गते तोकेर सबै किरातीहरु भेट गर्ने स्थल बनाउनु राम्रो देखिन्छ , अनि सबै आठ किरात हरुको सांस्कृति कार्यक्रम हरु गर्ने . मुन्दुमी रिसिया पालांग हरु गाउने अनि त्यसलाई प्रमोट गर्ने काम गर्दा राम्रो होला भन्ने मेरो आफ्नो व्यातिगत बिचार राखे .

धन्यबाद
बिनोद पुमा

 

प्रधान मन्त्रीलाई खुवालुङ्ग र यसको पौराणिका महत्वको बिषयम अवगत छ ? छैन भने जानकारी गराउनु हाम्रो धर्म हो । अहिलेको नेपालको अस्थिर परिस्थितिमा पक्कै पनि यस्तो निर्मम काम वहाँबाट हुनेछैन भन्ने विश्वास गर्छ । किनकी मन्त्री र ठुलाठुला पद दिएर सत्ता जोगाउने र चुनावको धाक दिने मान्छेले जनातालाई चिढाउदैन भन्ने विश्वास छ ।

विकल्पहरुमा खुवालुङ्गको दायाबाया क्रेनले खनेर पनि बाटो बनाउन सकिन्छ अथवा दाया वा बाया एकपट्टी खनेर पनि बाटो बनाउन सकिने अवस्था छ ।



Leave a Comment

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.