किरातीहरु आफ्ना मौलिक संस्कार संस्कृती बिर्सदै गइरहेका छन

किरातीहरु आफ्ना मौलिक संस्कार संस्कृती बिर्सदै गइरहेका छन



किरातीहरु आफ्ना मौलिक संस्कार संस्कृती बिर्सदै गइरहेका छन

 

** अहिले किराती समाजमा जन्म देखी मृत्यु सम्म गरीने मुन्दुमी संस्कृतीमा र मुन्दुमी विधि अनुसार गरीने मृत्यु संस्कारमा पनि (सांस्कृतिक विचलन)व्याप्त रुपमा बढिरहेको छ।




 

किरातीहरु प्रकृती पुजक भएकोले जन्म र मृत्युलाई प्राकृतिक पद्धतीको रुपमा लिने गर्दछन।त्यसैले यो धर्तीमा प्राकृतिक रुपमा जन्मिए पश्चात प्राकृतिक तवरले नै मृत्यु हुन मुन्दुमले निर्देशित गर्दछ,तसर्थ मुन्दुमी विधिअनुसार मृत्यु संस्कार गर्दा मानिसलाई धर्तीमा नै विलय भएर जान माटोमा नै गाडिन्छ र मुन्दुमी विधिअनुसार नछुङ-माङ्पाले मृतकको आत्मालाई साम्खा-पारुखिममा पठाईन्छ,बाटो लगाऊने गरीन्छ।

 

किराती समाजमा प्रचलित बिवाह संस्कार गर्दा बेहुलीले सिन्दुर-पोते लगाऊने संस्कार मुन्दुमी दर्शन/मुन्दुमी विधिअनुसार किराती संस्कृति होईन,मृत्यु संस्कार गर्दा टाऊको मुण्डन गर्ने,सेत्रो धोती र गेरुवस्त्र ओढेर कुरुवा बस्ने,नुन तेल बार्ने संस्कृती पनि मुन्दुमी संस्कृति होईन यी सबै लामो समय देखीको हिन्दु समाजसंगको सांस्कृतिक अन्तरघुलन/हिन्दुकरणको प्रभाव हो।अहिले किराती समाजमा गरीने मृत्यु संस्कारमा ठुलो सांस्कृतिक विचलन व्याप्त रुपमा बढिरहेको छ।

 

नेपालमा हिन्दु धर्मसंस्कृती संगको लामो समय देखीको(सांस्कृतिक अन्तरघुलन) र राज्यको/शाषकहरुको प्रभावमा पनि किराती समाजमा सांस्कृतिक विचलन,बाहय धर्म-संस्कृतीको प्रभाव बढिरहेको छ।अहिले किराती समाजमा जानअन्जानमा या देखासिकी र बाहय धार्मिक प्रभावको कारण मृतकको शरीरमा(सिता-राम)लेखेको पहेलो कात्रो ओढाईदिने प्रचलन बढ्दो छ।यसरी मृतकको शरीरमा(सिता-राम)लेखिएको पहेँलो कात्रो ओढाईदिए पछि यस्को अर्थ हामीले कसरी बुझ्ने?किरातीको आत्माले मृत्यु पश्चात साम्खा-पारुखिम/माङ/सुप्तुलुङमा जानेछ सुम्निमा-पारुहाङको चरणमा जानेछ भनेर बुझ्ने कि?किरातीहरु मृत्यु पश्चात(सिता-राम)को चरणमा जानेछ भनेर बुझ्ने?यसमा बहस हुन आवश्यक छ।

 

यदि बाहय धर्मको प्रभाव या देखासिकी भए हामीले(सिताराम)कात्रोको साटो मौलिक रुपमा प्रयोग गर्दै आएको सेत्रो कपडाको कात्रो नै या बरु(सुम्निमा-पारुहाङ)लेखेको कात्रो बनाएर विकल्पको रुपमा ल्याऊनु सकिन्छ,होईन भने किराती परम्परागत सेतो कात्रोलाई एकदिन(सिताराम)पहेलो कात्रोले प्रतिस्थापन गर्नेछ।त्यस्तै कतिपय किराती बस्तीहरुमा बुवाआमा मरेपछि ३ दिन नुनतेल बारेर चोखिने कार्यमा(गाईको गँहुत)छर्कीएर चोखिने प्रचलन छ,

त्यस्तै सहर बजारमा बस्ने किराती सरकारी हाकिम,कर्मचारी,राजनैतिज्ञ,कलाकार प्रतिष्ठित व्यक्तीलाई पशुपतीको आर्यघाटमा लगेर जलाऊने प्रचलन बढिरहेको छ,यो किराती मुन्दुमी संस्कृति विपरीत कार्य हो।यतातिर हाम्रो गम्भिर बहस छलफल हुन आवश्यक छ।त्यस्तै आजभोली किराती समाजमा मृतकको लाशमा राजनैतिक दलको झण्डा ओढाईदिने प्रवृती पनि बढिरहेको छ।

 

यसरी किराती समाजमा मौलिक मुन्दुमी विधि अनुसारको मृत्यु संस्कारलाई बाहय धार्मिक-सांस्कृतिक प्रभाव र राजनैतिकरणको प्रभावले किरातीहरुको मौलिकपन,मौलिक मृत्यु संस्कार संकटमा पर्दैछ।

 

अत:-हामीले नेपालको सरकारी कर्मचारी,हाकिम,राजनैतिज्ञ,कलाकार या प्रतिष्ठित भनिएका किरातीहरुलाई अन्तिम मृत्यु संस्कार आर्यघाटमा जलाऊने काम बन्द गर्नुपर्दछ र मौलिक मुन्दुमी विधि अनुसार नै माटोमा नै गाड्ने व्यवस्था गर्नुपर्दछ,किरातीको मृतकको शरीरलाई सिताराम लेखेको कात्रो होईन,राजनैतिक दलको झण्डा ओढाईदिए पनि सबैभन्दा माथी किराती संस्कृतिको प्रचलित सेतो कात्रो या(सुम्निमा-पारुहाङ)लेखेको कात्रो ओढाईदिएर या किरातीपन सहितको मौलिक मुन्दुमी विधिअनुसार नै मृत्यु संस्कार सम्पन्न गर्नको लागी किरातीहरुले जोड दिनु पर्दछ **

 

                   मुलघरे कान्छा



Leave a Comment

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.