किराँती १७ बर्षिय नाति र बाजेको कहानीले धेरै भाबुक बनायो

किराँती १७ बर्षिय नाति र बाजेको कहानीले धेरै भाबुक बनायो



किराँती १७ बर्षिय नाति र बाजेको कहानीले धेरै भाबुक बनायो( किराती समाज बाट टाढिएको एक किरात राई बाजे नातिको किराती समाजको निमित्त एक सन्देशमुलक कहानी )

**** यो सामाजिक सञ्जालमा प्राय म किरात संस्कृति,ईतिहास संग सम्बन्धित विविध विषयवस्तुहरु लेखेर पोष्ट गर्ने गर्दछु।मैले राखेका ति किरात सांस्कृतिक ईतिहास संग सम्बन्धित विषयवस्तु हरु विभिन्न फेसबुक पेजहरु मार्फत देखेर यो सामाजिक सञ्जालमा मलाई भारत,भुटान,थाईलैण्ड,बर्मा लगायत सम्पुर्ण देश विदेशबाट किरात संस्कृति ईतिहास संग सम्बन्धित धेरै कुराहरु सोध्ने गर्नुहुन्छ।मैले जाने बुझे अनुसार वहाँहरु लाई आफनो कुरा सेयर गर्दै,विचार आदानप्रदान गर्दै आईरहेको छु।




त्यहि क्रममा एकजना अनौठो नाम गरेको फेसबुक आईडि बाट English भाषामा मात्र किरात संस्कृति मुख्यतः किरात वायुङ राई संस्कृती र भाषासंग सम्बन्धित प्रश्नहरु गरेको मेसेज आयो।मैले जाने बुझे अनुसार बताऊदै गए।केहि वायुङ राई साथीहरु संग वायुङ भाषाको जानकारी लिदै वायुङ भाषामा केहि साईनो र साधारण बोलीचालीमा प्रयोग हुने भाषाहरु सिकाऊदै गए।मैले सोधे तिमि कहाबाट हो ? तिम्रो नाम के हो ? किन फेसबुकमा तिम्रो नाम यस्तो फेक आईडि जस्तो छ ?अनी किन English मात्र बोल्छौ ? आदि ईत्यादि। उनले भन्यो म १७ वर्षको केटा हुँ।

बाहिङ/बायुङ राई

म र मेरो बाजे भारतको North East स्थित अरुणाञ्चल प्रदेशको चाईनाको सिमाना नजिक एउटा गाऊमा बस्दै आईरहेका छौ।मेरो बाजे लाई किरात राई संस्कृति बारे केहि पनि थाहा छैन,भाषा पनि थाहा छैन,कुन राई हो भन्ने पनि थाहा छैन।मैले बुझ्दै जादा हामी वायुङ राई रहेछौ,त्यसैले म वायुङ राई बारे तपाई संग बुझ्न चाहेको हुँ भन्यो।

मैले पनि किरात संस्कृति अनुसार हामी प्रकृति र पितृ पुज्ने गर्दछौ,सुप्तुलुङ पुजा गर्दछौ,उभौली उधौलीमा साकेला नाच्दछौ।विशेषत:-किरात वायुङ राईहरुले हाङ शिली नाच्दछन।वायुङ राईहरुको पहिरन भेषभुषा यस्तो हुन्छ आदिईत्यादि बताऊदै गए।

मैले तिमिलाई वायुङ राई संग सम्बन्धित अझ धेरै बुझ्न मन छ भने यी व्यक्तीहरु वायुङ राई हुन सम्पर्क गर्नु भनेर केहि वायुङ राई साथीहरुको फेसबुकमा लिङ्क दिए।तर किरात वायुङ राई भित्र वायुङ र बाहिङ भन्ने बिचमा बढ्दो विवादको कारण कसैले उसलाई बायुङ र बाहिङ राई अलग अलग हुन भनिदिएछ।ऊ झन कन्फ्युज भएर मलाई बायुङ र बाहिङ अलग अलग हुन रे हो ? भन्दै सोध्यो।कसले भन्यो ? भनेको तपाईले भनेको मान्छेले भन्यो।मैले भने किरात राई समुदायमा यस्तो विवाद छ तिमि Mislead नहुनु बायुङ र बाहिङ एउटै हो।यस्तो विवाद किन भयो तिमिलाई पछि भन्छु भने,हवस भन्यो। मलाई महिनामा ३-४ पटक जस्तो किरात संस्कृति संग सम्बन्धित विभिन्न कुराहरु सोधिरहन्थियो म जवाफ दिरहन्थे।

हिजो एक्कासी मेसेन्जरमा ति भाईको म्यासेज आयो सँधै झै Hey Mr मलाई Help गर्नुपरो भनेर। मलाई जहिल्यै Hey भनेर बोलाएको मन पर्दैन थियो र सुरुमा नै ति भाईको हुर्मत लिए।ए भाई मलाई आईन्दा यस्तो Hey You Mr भनेर नभन्नु है यो मलाई अपमान गरे झै महसूस हुन्छ। कि सेवा भन्नु किरात राई अभिवादन प्रयोग गर्ने गर्नु भनेर साफ हप्काए। बिचराले Sorry अब देखी त्यसो भन्दिन भन्यो। लु भन के सहयोग गर्नु? भने।

किरात मृत्यु संस्कार

किरात वायुङ राई संस्कृति अनुसार मान्छेको मृत्यु संस्कार कसरी गर्छ ? मलाई डिटेलमा बताईदिनु पर्यो भनेर प्रश्नहरु गर्यो।मैले भने हेर भाई मैले देखे अनुसार किरात वायुङ र खालिङ राईहरुको मृत्यु संस्कृति अलिकति फरक हुनेगर्दछ।मलाई ठ्याकै यस्तै हुन्छ भनेर त थाहा छैन तर साधारण तया किरात राई संस्कृति अनुसार मृत्यु संस्कार कसरी सम्पन्न गरीन्छ म तिमिलाई बताई दिनेछु भने।

किरात संस्कृति अनुसार विभिन्न प्रकारको मृत्यु अनुसार मृत्यु संस्कृति सम्पन्न हुनेगर्दछ।एउटा कालगतिले मृत्यु भएमा,अर्को अकालमा भिर बाट लडेर झुन्डिएर मरेमा या उमेर नपुगी मृत्यु भएमा,दाँत नउम्री मृत्यु भएमा आदि ईत्यादि।कस्तो मृत्यु संस्कार बारे बुझ्न खोजेको हो ? मैले सोधे।उसले भन्यो कालगतिले मृत्यु भएमा कसरी किरात राई संस्कृति अनुसार मृत्यु संस्कार सम्पन्न गर्ने मलाई बताईदिनु होस।

मैले किन भनेर सोधेको ? उसले जवाफ दियो तपाई जान्न चाहानु हुन्छ?किन त्यो मृत्यु हुने मेरो बाजे हो।मृत्यु हुनु अघि केहि समय बिहोस हुनुभो अनी लामो अन्तिम सास लिएर ईण्डियाको दिनको समय अनुसार २:४५ मेरो बाजेको मृत्यु भयो,लगभग २ घण्टा अगाडि।मैले भने ओहो Sorry मैले तिमिलाई हप्काए।तिम्रो बाजेको लाश लाई कुनै कुकुर बिरालो कुखुरा या अन्य जातको मानिस लाई छुन नजिक जान नदिनु।सेतो कपडा कात्रो ओढाईदिनु(खासमा किराती मृत्यु संस्कारमा सेतो कपडा कात्रो होइन मृत्यु भएका ब्यक्तिलाई मन पर्ने लुगा/कपडा अथवा मनपर्ने लुगाकपडा थाहा छैन भने नयाँ लुगा लगाईदिनुपर्छ्) ,

किरात संस्कृति अनुसार लाश जलाऊनु हुदैन गाड्नुपर्छ। लाश माटोमा पुर्नु अघि सबै तुना/टाँक बटनहरु खोली दिनु ,आदि ईत्यादि मैले किरात राई मृत्यु संस्कृति बारे याबत कुरा बताए।मैले सोचे केहि पनि नजानेको भर्खरको केटो लाई थाहा baje;JIT BAHADUR RAIनहोला भनेर मैले २ साल अघिको मेरो पापाको मृत्यु संस्कार गर्दाको केहि वर्ष अघिको भिडियो र फोटोहरु पनि पठाईदिए।

उसले सोध्यो किरात संस्कृति अनुसार मृतकको लाश जलाऊनु हुदैन गाड्नुपर्छ होईन? भन्यो।मैले हो किरात संस्कृति अनुसार मृतकको लाश जलाऊनु हुदैन गाड्नु पर्छ।किनभने किराती मुन्दुमी संस्कृति अनुसार मानिस भौतिक रुपमा मरेर गएपनि उसको आत्माको मृत्यु हुदैन,पवित्र स्थल साम्खा/माङ/पारुखिम भन्दछौ चुलामा गएर बस्ने गर्दछ।मृत्यु पश्चात आमा बुवा बाजे बोजु र त्यहि चुलामा रहेको ३ वटा लुङ लाई पुर्खाहरु मानेर पुज्दछौ,त्यसैले लाश जलाऊनु हुदैन है भनेर पटक पटक भने। हामी किराती प्रकृती पुजक हौ लाश जलाएर प्रकृतीमा रहेको वातावरण प्रदुषण गर्नु हुदैन भन्ने मान्यता छ।

मैले भने सबैलाई बुझाऊनु बाजेलाई नजलाऊनु हिन्दुहरुले मात्र जलाऊने गर्दछ तर हाम्रो किरात संस्कृति अनुसार गाड्नु पर्छ है भने।म सानो १७ वर्षको केटा छु,यहाँ मेरो बोजु लामा हो यहाँ सबै लामाहरु मात्र छन,मैले भनेको मान्दैनन होला।मेरो काका बाजेको कान्छा छोरा काठमाण्डू बाट आऊदैछ रे फुपुले भनेको उसले जे भन्छ त्यहि गर्छ रे उसलाई किरात संस्कृति बारे केहि मतलब छैन।मैले भने:-तिम्रो काकालाई भन यदि किरात संस्कृति अनुसार बाजेको मृत्यु संस्कार सम्पन्न गरीएन भने बाजेको आत्माले शान्ती पाऊदैन भनेर सम्झाऊ भने।हुन्छ म भन्नेछु भन्यो।

मैले सोधे तिमिहरु कहा बस्छौ रे? उसले भन्यो हामी भारतको North East स्थित अरुणाञ्चलमा बस्छौ। तिम्रो नाम के हो ? तिम्रो बाजेको नाम के हो ? उसले भन्यो मेरो नाम Subham Bayung Rai हो र मेरो बाजेको नाम Jit Bahadur Rai हो।मलाई उस्को बाजेको जिबित हुदाको तस्बीर पनि पठाईदियो।

अनी मैले सोधे अनी तिम्रो गाँऊमा वरपर किरात संस्कृति जानेको कोहि किरात राईहरु बिजुवा धामीहरु छैन ? उसले भन्यो यहाँको समाजमा कोहि पनि किरात राई परीवार छैन,झन किरात राई बिजुवा पाऊनु त असम्भव छ।त्यसो भए कसरी दाँह संस्कार गर्छौ त ? खोज किरात राई परीवार कतै छ कि ? उसले भन्यो ३-४ घन्टाको बाटोमा एक घर चाम्लिङ राई परिवार रहेछ।बिजुवा पनि हो रे ।

के वायुङ राई नभेटिएको अवस्थामा चाम्लिङ राई संस्कार अनुसार मृत्यु संस्कार गर्दा हुन्छ? मैले भने गजबले हुन्छ अलिअली मात्र फरक हो भने।मैले भने म भारत तिरको घेरै किरातीहरु चिन्छु,यदि अरुणाञ्चल तिम्रो गाऊ आस्साम देखी नजिक पर्छ भने त्यहाँको किरात संघ संस्थाको साथीहरु लाई भनिदिनेछु तिमिलाई सहयोग गर्न सक्छन कि ? यहाँ देखी आस्साम टाढा हो,हामी त चिनको सिमाना नजिक छौ भन्यो। म किराती समाजको कुनै किरातीको यस्तो अवस्थामा पुगेको सम्झिएर निःशब्द भए।त्यतिकै मा उसले मलाई कल गर्यो मैले उठाए।

उसको स्वर लवज बोली लगभग Chinese जस्तै र English पनि चाईनिज ले जस्तै बोल्ने रहेछ।हिन्दि पनि तेति बोल्न नसक्ने र नेपाली त झन पटक्कै नबोल्ने रहेछ।तर ऊ आफुलाई किरात वायुङ राई हुँ भन्थियो।उसले सुरुमै भन्यो मैले तपाई संग किरात संस्कृति बारे र वायुङ राई संस्कृति र भाषा बारे धेरै कुराहरु सिक्दै मेरो बाजे लाई सिकाऊने गर्थिए।त्यसरी मैले सिकाऊदा मेरो बाजे धेरै खुशी हुनुन्थियो। तर आज मेरो किकि(बाजे) बित्नु भो मैले अझ धेरै सिकेर बाजेलाई बुझाऊनु बाँकि नै थियो तर आज मेरो बाजेले यो संसार छाडेर जानुभो भन्यो।म निःशब्द अनी भावुक भए।

मैले भने यो संसारको रीत नै यस्तै हो भाई।मैले पनि मेरो बुवा पोहोर साल गुमाए,यस्तै रहेछ भने।तर तिमि प्रति मेरो उच्च सम्मान छ,यति सानो उमेरमा आफनो भाषा/संस्कृति ईतिहास बारे बुझ्ने प्रयासमा छौ,तिमिमा यति धेरै चिन्ता चासो छ भने।मैले सोधे तिमिहरु कसरी त्यहाँ अरुणाञ्चल baje;JIT BAHADUR RAIपुग्यौ ? तिम्रो बाजेलाई कसरी आफनो भाषा संस्कृति र कुन राई हो भन्ने समेत बारे थाहा भएन ? उसले भन्यो।मेरो बाजेको नाम Jit Bahadur Rai हो वहाँ मिजोराम मा बस्नु हुन्थियो रे, मेरो बाजेको बाऊको नाम Asur Dhan Rai हो रे वहाँ चाहि सिलोङमा बस्नु हुन्थियो रे,पहिला वहाँ नेपालको ओखलढुङ्गा ऐसलुखर्क बाट यहाँ आऊनु भएको रे।मेरो बाजेलाई राई भन्ने मात्र थाहा थियो तर कुन राई हो भन्ने पनि थाहा थिएन।म सानो हुदाँ एकदिन मेरो कापिमा बाजेले मेरो नाम Subham Rumdali Rai लेख्नु भएछ अनी मैले रुम्दाली राई बारे फेसबुक र गुगलमा बुझ्दै जादा हामी वायुङ राई हो भन्ने थाहा पाए।त्यसैले तपाई संग मैले किरात संस्कृती बारे बुझ्दै मैले बाजेलाई सिकाऊदै गर्ने गर्दथिए।

उसले सोध्यो मेरो बाजे बराजुहरुले आफनो भाषा धर्म संस्कृति सबै बिर्सिए अब मैले मेरो बाजे बराजुले बिर्सिएको भाषा धर्म संस्कृति सिकेर फर्काऊन के गर्नुपर्ला ? मैले भने:-अब तिमि सानै छौ पछि ठुलो भएर सकभर किरात बायुङ राईनी संग नै बिहे गर्नु ।

भारतमा नै बस्ने हो भने पनि सिक्किम दार्जिलिंग तिर किराती समाजको नजिक घरबार बनाएर बस्नु।तिमिले तिम्रो बाजे बराजुले बिर्सिएको भाषा संस्कृति फर्काऊनु पर्छ,तिम्रो परीवार किराती परीवार बनाऊनु पर्छ।अनी तिमि एकपटक नेपालको ओखलढुङ्गा सोलुखम्बु जाऊ त्यहाँ वायुङ राईहरुको ठुलो बस्ती छ,आफ्नो वायुङ संस्कृति सिक्नु आफन्तहरु पुर्खाहरु भेट्नु सक्छौ है भने।उसले भन्यो :-म अहिले त पढ्दै छु पढिसके पछि आफनो करीयर बनाऊनु छ।

त्यसपछि म यो काम गर्छु भन्यो।मलाई वायुङ भाषा संस्कृति पनि आऊदैन ।नेपाली भाषा बोल्न पनि आऊदैन English मात्र बोल्छु।मलाई नेपालको वायुङ राईहरुले नेपाली या वायुङ राई भनेर स्विकार गर्दैनन होला है ? उसले सोध्यो।तिमिले अब अलीअली बायुङ भाषाहरु सिक्नु पर्दछ,विस्तारै स्विकार्छन भने।हुन्छ म पछि ठुलो भएपछि त्यसै गर्छु भन्यो।

मैले सोधे तिमिलाई पाछा के हो ? थाहा छ ? उसले उल्टै सोध्यो पाछा भनेको के हो ? मैले भने पाछा भनेको एउटै बाऊको वंशहरु भन्ने बुझाऊछ जुन एउटै पाछा सामेत भएको संग बिवाह गर्नु हुदैन हाडनाता सम्बन्ध गर्नु हुदैन। उसलाई पाछा पत्ता लगाऊन आफन्तहरु संग बुझ्नको लागी सुझाब दिए।उसको बाजेको भाईको परीवार सिलङमा छन तर कसैलाई थाहा नभएको म आफैले वायुङ राई रहेको पत्ता लगाएको हो भन्यो। उसले सोध्यो :-मैले मेरो नाम Shubham Khambu Bayung लेख्न सक्छु ? मैले भने तिमिले आफुलाई Shubham Bayung/SubhamRai/Subham Khambu /Subham Kirat या Subham Bayung Khambu जे भनेर पनि आफनो पहिचान राख्न सक्छौ भने।

उसले फेरी सोध्यो :-मेरो बाजे Pure Rai हो तर मेरो बाऊ र म Half Rai Half Lama हो,किनकी बाजेले लामा र बाऊले पनि लामा बिहे गर्नुभो ? मैले भने तिमि अझै पनि Pure Kirat Bayung Rai हौ।भने किनकी तिम्रो रगतमा र तिम्रो डिएनए किरात बायुङ राई बगीरहेको छ है भने ऊ खुशी भयो ।

उसले सोध्यो :-वायुङ राई र बाहिङ किन विवाद गरेको ? मैले सोधेको मानिसले किन अलग अलग भनेको होला ? मैले भने किरात समाज वैचारीक नेतृत्वविहिन अवस्थामा छ।कुन विचार हाम्रो समुदायको मुल विचार हो ? हामी किराती समाजले हिड्नु पर्ने मार्ग कुन हो ?पहिल्याऊन सकिरहेको छैन।

त्यसैले यहाँ जसले जे भने पनि त्यसैको पछि दौडिने जमात धेरै छ।यस्तो विवाद हुनुको मुख्य कारण अज्ञानता/चेतनाको स्तर नउठ्नु अनी संघ संस्थामा आबद्ध भएकाहरुको कमजोरी/स्वार्थ/पदको लडाई/ईगोको लडाईको परीणाम नै यो विवाद हो।त्यहि ईगोको कारण तिमिलाई बायुङ र बाहिङ अलग हुन कसैले भनिदिएको हो।तर बायुङ र बाहिङ राई एउटै हो।अझ वृस्तृत रुपमा कुनै दिन भनौला भने।

मैले सोधे:-तिमि किन यती सानो उमेरमा नै आफनो भाषा धर्म संस्कृति प्रति यती चिन्तित छौ ? उसले भन्यो म यहाँ अरुणाञ्चलको ताघिन आदिवाशीहरुको बाहुल्यता रहेको क्षेत्रमा छु।मेरा साथीहरु ताधिन हरु छन।ऊनीहरुको आफनै भाषा धर्म संस्कृतिको धनी सहितको आफनै पहिचान छ।मलाई पनि हाम्रो भाषा धर्म संस्कृति के होला ? कि हाम्रो भाषा धर्म संस्कृति छ कि छैन ? होला भनेर चासो बढेको हो भन्यो।

मैले भने अरुणाञ्चलमा एउटै ताघिन जातीमा केहि विदेशी लेखकले लेखेको पुस्तकको आधारमा एउटै:-ताघिन जातीमा पनि दुई थर( ना र मारा) हामी ताघिन हो या होईन या अलग-अलग हौ ? भन्ने विवाद छ किरात समाजमा राई समाजमा,वायुङ र वाहिङ विवाद पनि त्यस्तै हो है भनेर बुझाए।उसले छक्क पर्दै तपाईले ताघिन जाति बारे कसरी जानकारी लिनु भयो ? भन्यो ? म किरात ईतिहास बारे र संसारको Indigenous हरुको ईतिहास रीसर्च गर्दै जादा थाहा पाए भने ।

उसले सोध्यो तपाई Uk मा हुनुन्छ होईन ? कति भो ? बसेको त्यतै सेटल भएको हो ? मैले जवाफ दिए म यहाँ बसेको त धेरै बर्ष भो,तर म यता सेटल भएको होईन,हुदिन पनि भने।उत्सुकता देखाऊदै भन्यो किन ? युके त त्यस्तो राम्रो विकसित देश छ किन सेटल नहुने ? मलाई पनि काकाले पढाई सकेर USA जानु भनेको छ म पनि USA तिर जान्छु होला भनेर सुनायो।

मैले भने:- यदि म युकेमा नै सेटल भए भने आज तिमि र तिम्रो बाजे आफनो भाषा धर्म संस्कृति सबै समाप्त भईसकेको जुन अवस्थामा छौ,मेरो छोरा नातिको पनि भविष्य त्यहि नै हुनेछ।मेरो छोरा नाति यता जन्मिन्छन English वातावरण अग्रेजी भाषा धर्म संस्कृतिमा हुर्कन्छन,यतैको गोरा गोरेनी अफ्रिकनसंग विवाह गर्दछन र भाषा धर्म संस्कृति र रुपरंग अनी वंशाणुगत रुपमा नै समाप्त हुन्छन,जुन म त्यस्तो होस भन्ने चाहान्न मैले भने।तपाईको कुरा जायज हो के त्यसो भए तपाई पछि नेपाल फर्किने हो त ? मैले हो भने।तिमि पनि पछि पढाई सकेर अमेरीका पुगेपनि एउटा किरातीनी संग नै विवाह गर्नु र धनसम्पती कमाएर नेपाल भारत तिर नै फर्किनु र किराती समाजमा नै घरबार बनाएर बस्नु है भनेर सम्झाए।उसले हवस भन्यो।

अन्तमा:- मैले भने तिम्रो बराजु बाजेहरुले सबै भाषा संस्कृति बिर्सिएर गएपनि तिमि यती सानो १७ वर्षको उमेरमा आफनो किरात भाषा धर्म संस्कृति ईतिहास प्रति यति चिन्तित छौ,यती चासो लिने गर्दछौ।म तिमि प्रती उच्च सम्मान र गर्व गर्दछु।तिमि र तिम्रो बाजे(किकि)को कहानी किराती समाजको निमित्त एक सन्देशमुलक कहानी हुनसक्दछ।त्यसैले म तिम्रो बारेमा एउटा छोटो आर्टिकल लेख्छु है भने,उसले हवस तर मेरो नाम Subham Bayung Rai र मेरो बाजेको नाम Jit Bahadur Bayung Rai लेखिदिनु है भन्यो मैले हुन्छ भनेर संवाद पुर्णविराम लगायौ।

baje;JIT BAHADUR RAIअत:-किराती समाजमा बाजे(किकि)Jit Bayung Rai नाती Subham Bayung Rai को कहानी एक महत्वपुर्ण सन्देशमुलक कहानी हुनसक्दछ।यी बाजे नातिको कहानी बाट हाम्रो जीवन र मृत्यु संग आफनो भाषा धर्म संस्कृति जोडिएको हुदोरहेछ भन्ने शिक्षा लिन सकिन्छ।मानिसलाई जन्म देखी मृत्यु पर्यन्त सम्म हामीलाई समाज चाहिने रहेछ।यदि हामी २-३ पुस्ता सम्म पराई ठाँऊ/विदेश पलायन भयौ भने,यी १७ वर्षिय शुभम वायुङ राई जस्तै चाईनिज जस्तो अंग्रेजी मात्र बोल्ने छोरा नातिको अवस्था हुनेरहेछ।

अरुको बाहुल्यता रहेको समाजमा कि अरुको धर्म संस्कृति अपनाएर आफनो पहिचान अस्तित्व अरुमा विलिन हुनु पर्ने रहेछ।त्यसरी विदेशमा/पराई समाजमा अरुको भाषा धर्म संस्कृति सहित बाचिरहेको देख्दा आफनो भाषा धर्म संस्कृति नहुदा म पहिचान अस्तित्व विहिन भएछु भन्ने (एक पिडादायी बोध) हुने रहेछ,त्यसैले हामी जीवनमा जहाँ जस्तो सुकै भएर बसेपनि हाम्रो किराती समाज चाहिने रहेछ,हामीले आफनो भाषा धर्म संस्कृति मुन्दुम ईतिहास कहिल्यै भुल्नु हुदैन रहेछ भन्ने हामी सम्पुर्ण किरातीहरुलाई अमुल्य शिक्षा मिलेको छ।****

तस्बिरमा:-यो संवादमा रहेको १७ वर्षिय Subham Bayung Rai को बाजे(किकी)Jit Bahadur Bayung Rai,वहाँको २ दिन अगाडि मृत्यु भएको छ।वहाँको बुवा Ashur Dhan Rai नेपालको ओखलढुङ्गा ऐसलुखर्क बाट भारतको सिलोङ पुगेका हुन रे।वहाँलाई कुन राई हो भन्ने समेत थाहा थिएन तर पछि नातिले वायुङ राई भन्ने पत्ता लगाए तर पाछा सामेत के हो ? भन्ने पत्ता लाग्न बाँकि।

माघ-४-२०७७ january-17-2021

  • मुलघरे कान्छा (राजेन खिम्बुले राई)

  • धेरैकालागी आफ्नो जोगाउने प्रेरणा मिल्ने खाल्को सन्देशकोलागी उहाँलाई धेरै धेरै आलाङ्ने/आप्छुवारी छ्🙏



Leave a Comment

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.