यस
मुन्दुमी स्थल साल्पा पोखरीको शिर सिलिचुङमा किराती माङ्पा/विजुवा/धामीहरुको उपस्थिती भए पनि सिलिचुङलाई महादेव बसेको स्थल भन्ने कथाहरु जोड्न थालिएको र हेछ | त्यहाँ त्रिशुलहरु र अन्य धर्मालम्बीहरुको ध्वजाहरु टागेको देखिन्छ । तर किराती पहिचान झल्किने कुनै किसिमको विम्बको अस्तित्व देखिदैन । तसर्थ, अन्य धर्मको मानिसहरुले उनीहरुको धार्मिक विम्ब राखेर कथा कहानी जोडेर निरन्तर धार्मिक सांस्कृतिक अतिक्रमण गर्दै आइरहेका छन् ।
जस्तै: उदयपुरको राईघाटलाई गाईघाट, मुकुमलुङ माङलाई पाथीभरा मन्दिर, चतरालाई प्राचीन हरिद्वार, विसुन पाउन अदुकोलाई विष्णुपादुको, भोजपुरको लेगुवालाई रामबजार, प्राचीन भोजपुरको किराती नाम (खिकामाछा)लाई भोजपुर नामाकरण लगायतको धार्मिक सांस्कृतिक अतिक्रमणको बेजोड उदाहरणहरु हुन् ।
नेपालको पूर्वमा रहेका किरात राज्यमा रहेका कयौँ किरातकालिन ऐतिहासिक दरबार गढीहरु जस्तैः विजयपुर गढी, मझुवागढी, हलेसीगढी, केपिलासगढी,सागुरीगढी, भोल्टेकोटगढी, बुङनामगढी, च्यानामगढी, तोलोवागढी, कोटगढी लगायत ऐतिहासिक दरबार गढीहरु बेवारीसे अवस्थामा लोपन्मुख अवस्थामा पुगेका छन् । त्यसैको फाईदा उठाउँदै कतै राज्यसत्ताले नै किरातकालिन ऐतिहासिक प्रमाणहरु समाप्त पार्न निरन्तर अतिक्रमण जारी राखेको छ भने कतै हिन्दुकरणको चपेटामा परेर समाप्त हुँदै गइरहेको छ ।
यस्ता किरात सभ्यताकालिन, किरातकालिन ऐतिहासिक स्थलहरु, दरबारहरु, गढीहरु, प्राचीन वस्तीहरु, मुर्ती, चैत्य, भग्नावशेषहरु, कृषि प्रणालीमा प्रयोग हुने उपकरण औजार, हातहतियारहरुको उत्खनन्द्वारा प्रमाणित हुन आवश्यक पर्दछ ।यदि यस्ता प्राचीन किरात सभ्यकालिन भग्नावशेषहरु, किराती राजा पटुकको दरबार, किरातकालिन दरबार, गढीहरु लगायत यस्ता ऐतिहासिक भग्नावशेषहरु नै समाप्त भएर जाने हो भने यो प्राचीन भूमि नेपालमा किरातीहरुले नै प्राचीन मानव सभ्यताको विकासको सुरुवात गरेका थिए भन्न यहाँ राजा यलम्बरदेखि गास्तीसम्मको किरातीहरुले ३२ पुस्तासम्म शासन गरेका थिए भन्ने प्रमाणहरु पनि समाप्त भएर जानेछ ।
त्यसैले यो प्राचीन भूमि नेपालमा हाम्रो किराती पुर्खाहरुको गौरवशाली इतिहासको प्रमाण विहीन हुनेछौ । यो देश नेपालको इतिहासबाट गौरवशाली प्राचीन किरात सभ्यता, किरात इतिहास समाप्त भएर जानेछ । हाम्रो प्राचीन सभ्यता संस्कृति र इतिहास समाप्त भए हामी समाप्त भएर जानेछौ, हाम्रो पहिचान र अस्तित्व समाप्त भएर जानेछ । प्राचीन किरातहरुले छाडेका सम्पदाहरु |
(रामचन्द्र राई रुपाबुङ) किरात याक्खाको ईतिहास एक छलफल
(दुर्गाहाङ याक्खा राई) राखिगढीको
डिएनए रीपोर्ट आर्टिकल
Wow